२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चिरिबाबु महर्जनद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar महिलाको अर्थपूर्ण सहभागिताका लागि महामन्त्रीमा उम्मेदवारी दिएको हुँ : महालक्ष्मी उपाध्याय ‘डिना’ News Polar दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश News Polar वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन News Polar कांग्रेस उपसभापतिमा गोविन्द भट्टराईको उम्मेदवारी News Polar कांग्रेस प्रवक्ता देवराज चालिसेले दिए उपसभापतिमा उम्मेदवारी News Polar ह्वीलिङ चार्ज निर्धारणसँगै विद्युत् क्षेत्रमा निजी लगानी र व्यापारको नयाँ बाटो News Polar खुला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा रमेशप्रसाद धमलाको उम्मेदवारी News Polar कांग्रेसको बन्द सत्रको छलफल भोलि बिहान पुनः बस्ने, सभापति थापाले सम्बोधन गर्ने News Polar रसुवा भोटेकोशी बाढीपछि नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण News Polar कांग्रेसको समावेशी उपसभापतिमा जीवन परियारको उम्मेदवारी News Polar महामन्त्रीमा गुरुराज घिमिरेको उम्मेदवारी News Polar कांग्रेस केन्द्रीय सदस्यमा बासना थापाको उम्मेदवारी News Polar कांग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उम्मेदवारी News Polar एमालेले स्वीकार्‍यो निर्वाचन हारको समीक्षा, रूपान्तरण र पुनर्जागरणलाई प्राथमिकता News Polar एनआरएनए पोर्चुगलद्वारा गंगा नेम्कुल र सुरज राई मनोनीत News Polar महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा

बाजुरामा हिमपात भएपछि शिक्षण संस्था बन्द

बाजुरामा हिमपात भएपछि शिक्षण संस्था बन्द
अ अ+ अ-

मार्तडी । तीनदेखिको मौसम बदलीसँगै हिमाली र पहाडी जिल्लामा मङ्गलबार रातिबाट हिमपात सुरु भएको छ । हिमाली जिल्ला बाजुरामा पनि हिमपात सुरु भएको छ । हिमपातसँगै जिल्लामा जाडो बढेको छ । 

हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातिदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन् । बाजुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात भइरहेको छ । हिमपातका कारण नागरिक समस्यामा परेका छन । आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरु क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । 

जिल्ला सदरमुकाम मार्तडीसहित यहाँका नौवटै पालिकामा हिमपात भइरहेको छ । हिमपातका कारण पूर्वी उत्तरी भेगका हिमाली गाउँपालिकाको विच्छ्या, रुगिनका स्थानीय बढी प्रभावित बनेका छन् । त्यहाँ मौसम बदली भएपछि हिमपात हुने गरेकाले सो क्षेत्रका स्थानीय बढी प्रभावित हुने गरेका छन् । 

यसैगरी लामो समयदेखि सुक्खा रहेपछि समस्यामा परेका किसानलाई भने हिमपात भएपछि गहुँबालीमा राहत पुगेको छ । हिउँदे वर्षाका कारण पहाडी क्षेत्र तथा तराईका जिल्लामा लगाइएका विभिन्न बालीलाई राहत भएको कृषकले बताएका छन् । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायतका किसानलाई फाइदा पुगेको हो । 

जिल्लाका बडीमालिका बूढीनन्दा, दहडाँडा, बडालेखलगायतका उच्च हिमाली क्षेत्र यति बेला पुस महिनाको मध्यतिर सेताम्मे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका, गौमूल गाउँपालिका, त्रिवेणी नगरपालिकाका केही स्थानमा हिउँ पर्न थालेपछि गाईबस्तुलाई पानी खुवाउनसमेत समस्या भएको छ । जिल्लाका हिमाली गाउँपालिकाको गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बूढीनन्दा नगरपालिकाको पाण्डुसैनलगायतका क्षेत्रका किसानलाई भने समस्या भएकोे छ । तीनदेखिको मौसम बदलीसँगै पानी पर्न थालेपछि यहाँका शैक्षिक संस्था बन्द भएका छन् । 

लगातारको मौसम बदलीले गर्दा पानी पर्न थालेका कारण चिसो बढ्दै गएकाले शैक्षिक संस्था बन्द भएका हुन् । यहाँका कतिपय शैक्षिक संस्थाले सञ्चालन गरेका परीक्षासमेत प्रभावित बनेका छन् । गए रातिदेखि हिमपात सुरु भएपछि विद्यालयमा बालबालिका आउन सक्ने अवस्था नभएकाले विद्यालय बन्द गर्नुपरेको मालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्यायले राससलाई बताउनुभएको छ । 

जाडोका कारण बालबालिका बिरामी हुनसक्ने भएकाले हिमपात नरोकिएसम्म विद्यालय बन्द हुने प्रधानाध्यापक पाध्यायले बताउनुभयो । जिल्लामा हिमपात सुरु भएपछि लेकाली भेगमा रहेका जङ्गली जनावरको चोरी शिकारी बढ्ने भएको छ । हिमपातका कारण जङ्गली जनावर न्यायो खोज्दै बेसीमा आउने गरेकाले स्थानीयले भाला छुरालगायतका साधनले मारेर सिकार गर्न गरेका छन् । लेकाली भेगमा रहेका हरिण, मृत, रतुवा, कालिज घोरललगायतका जङ्गली जनावरको सहजैरुपमा उनीहरुले चोरी शिकारी गर्ने गरेका छन् । 

हिमपात भएपछि स्थानीयले समूह बनाउँदै उनीहरुलाई पासोमा वा अन्य हतियार प्रयोग गर्दै सिकार गर्ने गरेका छन् । यहाँका हिमाली गाउँपालिका, स्वामीकार्तिक, जगन्नाथ, गौमूल, बडीमालिका, त्रिवेणीलगायतका पालिकामा स्थानीयले जङ्गली जनावरको चोरी सिकार गर्ने गरेका हुन् । जङ्गली जनावरको छाला निकालेर बिक्री पनि गर्ने गरेको पाइन्छ । सरकारले वन्यजन्तु सिकार गर्न नपाइने गरी कानुन बनाएको भएपछि हिमाली तथा पहाडी जिल्लाका स्थानीयले लुकीछिपी जङ्गली जनारको सिकार गर्न छोडेका छैनन् । हिमपात भएपछि घरै जङ्गली जनावर वास खोज्दै आउने गरेकाले सिकार गर्न झन् सहज हुने गरेको छ । जङ्गली जनावरको चोरी शिकारी रोक्नका लागि डिभिजन वन र प्रहरीको सुरक्षामा निगरानी आवश्यक रहेको छ । रासस