काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहीबार सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको जनाएको छ ।
यस्तै तेजावी सुन बिहीबार ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी बुधबारको तुलनामा रु १० बढेर ८८० रुपैयाँमा कारोबार भएको छ ।