९ श्रावण २०८३, शनिबार
,
Latest
ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु घर-घरमा तुलसीको बिरुवा रोपियो (तस्बिरहरु) फोटो पत्रकारका लागि ‘एआई स्किल्स’ कार्यशाला आजदेखि सुरु गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्प र भेनेजुएलाका कार्यवाहक राष्ट्रपतिबीच लामो कुराकानीः सम्बन्ध सुधारको संकेत



अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजसँग लामो कुराकानी भएको र दुई देशबीचको सम्बन्ध धेरै राम्रोसँग अघि बढिरहेको बताउनुभएको छ ।

कार्यवाहक राष्ट्रपति रोड्रिगेजले पनि बुधवार ट्रम्पसँग लामो, फलदायी र शिष्ट टेलिफोन वार्ता भएको पुष्टि गर्नुभयो । ब्लुमबर्गको मंगलवारको रिपोर्टअनुसार ट्रम्प प्रशासनले तेल धनी दक्षिण अमेरिकी राष्ट्रमा आफ्नो दूतावास पुनः खोल्ने सम्भावनाबारे विचार गरिरहेको छ । यसै सन्दर्भमा रोड्रिगेजले बेलायतका लागि भेनेजुएलाका राजदुत फेलिक्स प्लासेन्सियालाई यसै हप्ता वासिङ्टन पठाउने योजना बनाएकी छिन् ।

सोही दिन भेनेजुएलाकी प्रमुख विपक्षी नेतृ मारिया कोरिना माचाडोले पनि ह्वाइट हाउस भ्रमण गर्ने अपेक्षा गरिएको छ । यसअघि शुक्रवार अमेरिकी सेनाले भेनेजुएलासँग सम्बन्धित पाँचौं तेल ट्याङ्कर नियन्त्रणमा लिएको थियो । गत जनवरी ३ मा अमेरिकी कारबाहीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई बलपूर्वक नियन्त्रणमा लिइएको केही दिनपछि अमेरिकी कूटनीतिज्ञ र सुरक्षाकर्मीहरूको टोली दूतावास पुनः खोल्ने सम्भावना आकलन गर्न काराकस पुगेको छ ।

यसैबीच अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले गत साता अमेरिकाले भेनेजुएलामा भण्डारण गरिएको तेलको बजारीकरण मात्र नभई देशको तेल उत्पादनको बिक्रीलाई अनिश्चितकालसम्म नियन्त्रण गर्ने बताउनुभएको थियो ।