२ भाद्र २०८३, मंगलवार
,
Latest
जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान



अ+ अ-

जेनेभा। संयुक्त राष्ट्रसङ्घले शुक्रबार मध्यपूर्व युद्धमा संलग्न देशहरूलाई हर्मुज जलमार्गमा फसेका करिब छ हजार नाविकहरूलाई उद्धार गरी स्वदेश फर्काउन सहयोग गर्न आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले जलमार्गमा फसेका हजारौं नाविकहरूको दयनीय अवस्थालाई तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको छ । उनीहरू ‘मानवीय र मानव अधिकारको गम्भीर सङ्कट’ को सामना गरिरहेका टर्कका प्रवक्ता शाबिया मन्तुले बताउनुभयो ।

अन्तर्राष्ट्रिय समुद्री सङ्गठनले जलमार्गमा सयौं जहाजहरूमा कम्तीमा छ हजार नाविकहरू फसेको जनाएको छ । युद्धविरामका बेला पनि उनीहरूको उद्धार गर्न सकिएको थिएन ।

“सङ्कटग्रस्त पक्षहरूले फसेका नाविकहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न, जहाजबाट ओर्लिन र आवश्यक आपूर्ति पु¥याउन तत्काल सुरक्षित मार्ग उपलब्ध गराउनुपर्छ,” मन्तुले जेनेभामा पत्रकार सम्मेलनमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “गैरसैनिक जहाजहरूमाथि हुने आक्रमण अस्वीकार्य छ र त्यसलाई रोक्नुपर्छ। उनीहरू अन्तर्राष्ट्रिय मानवीय कानुनद्वारा संरक्षित छन्।”

प्रवक्ता मन्तुले थप्नुभयो, “मानव अधिकार प्रमुख टर्कले राज्यहरू, जहाज मालिक र अन्य सबै सम्बन्धित पक्षहरूलाई ‘फसेका नाविकहरूको संरक्षण सुनिश्चित गर्न’ तत्काल आग्रह गर्नुभएको छ ।

यसमा कन्सुलर सहायता, आवश्यक सामग्री उपलब्ध गराउने, उद्धार र स्वदेश फर्काउने कार्य समावेश छ ।”

इरान समर्थित हुथी विद्रोहीहरूले रेड सीमा तेल ट्याङ्करहरूमाथि आक्रमण गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार इरानमाथि नयाँ हवाई हमला गरेको छ। यसले द्वन्द्वलाई थप तीव्र बनाएको छ र कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ।

युद्धअघि विश्वको इन्धन आवश्यकताको करिब पाँच भागको एक भाग तेल ढुवानी हुने गरेको हर्मुज जलमार्ग यातायातका लागि खुला रहेको अमेरिकी सेनाले बताएको छ । इरानले भने ट्याङ्करहरूलाई सुरक्षित मार्गका लागि भुक्तानी गर्न बाध्य पार्न हर्मुज जलमार्ग हुँदै आवागमन गर्ने ट्याङ्करहरूमाथि आक्रमण जारी राखेको छ । (रासस/एएफपी)