२ भाद्र २०८३, मंगलवार
,
Latest
लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बांङ्लादेशका राष्ट्रपति शाहावुद्दिनद्वारा राजीनामा



अ+ अ-

ढाका। बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले शुक्रबार स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिनुभएको छ । उहाँ पूर्वप्रधानमन्त्री शेख हसीनाका निकट सहयोगी मानिनुहुन्छ ।

राष्ट्रपति मोहम्मद शहाबुद्दिनले एएफपीसँगको टेलिफोन कलमा आफूले राजीनामा दिएको पुष्टि गर्नुभएको छ ।

“हो, मैले राजीनामा दिएको छु,” सन् २०२८ मा आफ्नो कार्यकाल पूरा हुनुअघि नै राजीनामा दिने व्यापक अडकलका बारेमा सोध्दा राष्ट्रपति शहाबुद्दिनले आफूले राजिनामा दिइसकेको बताउनुभयो तर उहाँले थप विवरण भने दिनुभएन ।

एएफपीलाई प्राप्त संसद् अध्यक्षलाई लेखिएको राजीनामा पत्रमा राष्ट्रपति शहाबुद्दिनले राजिनामा दिनुको कारण आफ्नो बिग्रँदै गएको स्वास्थ्य अवस्था भएको उल्लेख गर्नुभएको छ ।

“शारीरिक र मानसिक क्षमतामा आएको गम्भीर ह्रासका कारण राष्ट्रपति जस्तो महत्वपूर्ण संवैधानिक पदको जिम्मेवारी ठीकसँग वहन गर्न अब सम्भव छैन,” पत्रमा उल्लेख छ।

‘चुप्पु’ भनेर चिनिने ७६ वर्षीय राष्ट्रपति शहाबुद्दिन सन् २०२३ मा शेख हसीनाको अवामी लिगको समर्थनमा संसद्को बहुमतबाट राष्ट्रपति निर्वाचित हुनुभएको थियो ।

सन् २०२४ मा विद्यार्थी विद्रोहले पूर्व शासक हसीनालाई सत्ताबाट हटाएपछि राष्ट्रपतिलाई पनि हटाउनुपर्ने माग बढेको थियो ।

शहाबुद्दिनमाथि गत मे महिनामा लन्डनमा उपचार गराइरहेका बेला शेख हसीनासँग फोनमा कुराकानी गरेको आरोप लागेको थियो, जसलाई उहाँले अस्वीकार गर्नुभएको छ ।

सत्तारूढ बङ्गलादेश नेशनलिस्ट पार्टीका गृहमन्त्री सलाहुद्दिन अहमेदले बिहीबार सरकारलाई राष्ट्रपतिले राजीनामा दिएको बारे कुनै जानकारी नभएको बताउनुभएको थियो ।

“उहाँले राजीनामा दिन चाहेमा संविधानअनुसार संसद् अध्यक्षलाई राजीनामा पत्र बुझाउनुपर्छ,” उहाँले पत्रकारहरूसँगको कुराकानीमाम भन्नुभएको थियो ।