९ श्रावण २०८३, शनिबार
,
Latest
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारावाओ कपमा चेल्सीमाथि आर्सनलको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । कारावाओ (इएफएल) कप अन्तर्गत आर्सनलले जित निकालेको छ । गएराति भएको सेमिफाइनलको पहिलो लेगमा आर्सनलले चेल्सीलाई २–३ गोलले हराएको हो ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको सातौं मिनेटमा नै आर्सनलले बेन ह्वाइटको गोलबाट अग्रता लिएको थियो । ४९ औं मिनेटमा भिक्टर ग्योकेरेसले गोल थप्दै आर्सनलको अग्रता दोब्बर पारे । यता, ५७ औं मिनेटमा अलेजान्ड्रो गर्नाचोले गोल गर्दै चेल्सीलाई १–२ को अवस्थामा ल्याए ।

७१ औं मिनेटमा मार्टिन जुविमेन्डीले गोल थप्दै आर्सनललाई १–३ ले अघि बढाए । ८३ औं मिनेटमा गर्नाचोले नै व्यक्तिगत र टोलिका लागि दोस्रो गोल फर्काए । त्यसपछि थप गोल भएन र आर्सनलले जित निकाल्यो । अब दोस्रो लेग फेब्रुअरी ४ मा आर्सनलको घरेलु मैदानमा हुनेछ ।




भर्खरै