१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता

भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता
अ अ+ अ-

काठमाडौँ।  राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५२ औं जन्मजयन्तीको अवसरमा प्रधानसेनापति अशोकराज सिग्देलले सम्मान अर्पण गर्नुभएको छ ।

शनिवार काठमाडौंको धरहरा परिसरमा प्रधानसेनापति सिग्देलले उहाँको तस्बिरमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरी सम्मान प्रकट गर्नुभएको हो । सोही अवसरमा नेपाली सेनाको श्री रणभैरव गणबाट सम्मान सलामी अर्पण गरिएको थियो ।

स्मृति सभा तथा सम्मान अर्पण समारोहमा बोल्दै भीमसेना थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पृथ्वीश्वरप्रसाद तिमिल्सिनाले भीमसेन थापाको कार्यकालमा भएका प्रशासनिक सुधार, परराष्ट्र नीति र सामाजिक गतिविधिहरूलाई अभिलेखवद्ध गर्ने उद्देश्यले पुस्तकहरू तयार पारिएको बताउनु भयो ।

प्रा.डा. तिमिल्सिनाले ती कृतिहरू नेपाली सेना र नीति निर्माताहरूका लागि विशेष महत्वपूर्ण हुनसक्ने उल्लेख गर्नुभयो ।

प्रतिष्ठानले हालसम्म तीनवटा भाग प्रकाशित गरिसकेको र आगामी वर्षहरूमा अन्य थप डकुमेन्टहरू पनि सार्वजनिक गर्दै जाने लक्ष्य राखेको छ । विशेषगरी युवा पुस्ता र अध्येताहरूका लागि यी सामग्रीहरू ज्ञानको महत्वपूर्ण स्रोत हुने विश्वास व्यक्त गरिएको छ ।

भीमसेन थापाको योगदानलाई जीवन्त राख्न र ऐतिहासिक तथ्यहरूलाई संस्थागत गर्न प्रतिष्ठान सक्रिय रूपमा लागिपरेको तिमिल्सिनाले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यी दस्तावेजहरूले तत्कालीन नेपालको रक्षा नीति, कुटनीतिक अभ्यास र सामाजिक संस्कार बुझ्न ठूलो सहयोग पु¥याउनेछन् । कुनै अध्ययन समिति बनाएर यसको विस्तृत विश्लेषण गरिएमा देशको परराष्ट्र र रक्षा नीति निर्माणमा समेत ठोस योगदान पुग्न सक्छ ।’

प्रा.डा. बुद्धिबहादुर थापाले नेपालको अस्तित्व र राष्ट्रिय स्वाभिमान रक्षाका लागि भीमसेन थापालगायत सम्पूर्ण राष्ट्रिय विभूतिहरूले पु¥याएको योगदान अतुलनीय रहेको बताउनु भयो । उहाँले पूर्खाहरूले देशका निम्ति बगाएको रगत र दिएको बलिदानबाट प्रेरणा लिँदै नेपालको स्वाभिमानलाई अक्षुण्ण राख्न आगामी पुस्ता सधैँ प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आपसी एकता र विकासका लागि सबैलाई हातेमालो गर्न समेत आह्वान गर्नुभयो ।

डा. थापाले भन्नुभयो, ‘नेपाल आमाको अस्तित्व र स्वाभिमान जोगाउन भीमसेन थापालगायतका विभूतिहरूले दिनुभएको योगदान र बलिदानबाट हामी प्रेरित हुनुपर्दछ । उहाँहरूको पदचाप पछ्याउँदै देशको गौरव बढाउनु हाम्रो कर्तव्य हो ।’

कार्यक्रममा बोल्दै बाबुराम सिंह थापाले वर्तमान समयमा राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले इतिहासका विभिन्न कालखण्डमा देशभक्त र देशद्रोही गरी दुईवटा धार देखिने गरेको उल्लेख गर्दै अहिलेको परिस्थितिमा देशभक्तिको धार रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभयो । उहाँले देशभक्तहरूले जस्तोसुकै कठिन परिस्थिति र यन्त्रणा सहेर पनि राष्ट्रका लागि लडिरहने बताउनु भयो । थापाले अबको समयमा कुनै निश्चित वंश वा जातिका आधारमा नभई सम्पूर्ण देशभक्त नेपालीहरू एकै ठाउँमा उभिएर देश जोगाउनुपर्नेमा जोड दिनुभयो ।

थापाले भन्नुभयो, ‘मुलुकको इतिहासमा भीमसेन थापा, पृथ्वीनारायण शाह, कालु पाँडे, काजी शिवराम सिंह बस्न्यात, बहादुर शाह र बडाकाजी अमरसिंह थापा जस्ता महापुरुषहरूले आफ्नो बलिदान दिएर देशको अस्तित्व थामेका हुन् । वर्तमानमा देशद्रोही तत्वहरूको सक्रियता बढ्दा राष्ट्रले संकट व्यहोर्नुपरेको छ ।’

विश्व राजनीतिको बदलिँदो र जटिल परिस्थितिका कारण नेपाल जस्ता साना राष्ट्रहरूको अस्तित्वमाथि नै चुनौती थपिएको चर्चा गर्दै उहाँले यस्तो विषम परिस्थितिमा सबै देशभक्त नागरिकहरू अग्रसर हुनुको विकल्प नरहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल