२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही मिनेटभरमै ८ अर्ब डलर कमाउने को हुन् यी व्यक्ति ?



अ+ अ-

विश्वका सबैभन्दा धनी व्यक्तिको रूपमा रहेका अमेजन कम्पनीका सीईओ जेफ बेजोसले गत हप्ता अर्बौ डलर सम्पत्ति थप्न सफल भएका छन् । अमेजन कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएसँगै बेजोसले गत शुक्रबार मात्रै ८ अर्ब डलर आम्दानी गरेका हुन् । शुक्रबार अमेजनको शेयर मूल्य प्रतिशेयर २ हजार डलर पुगेको थियो । अमेजनले त्रैमासिक रुपमा आफ्नो आम्दानी रिपोर्ट सार्वजनिक गर्ने गरेको छ ।

यस पटक भने कम्पनीले विश्लेषकहरूको अनुमानलाई गलत साबित गराउन सफल भएको छ । किनभने कम्पनीले विश्लेषकहरुले गरेको अनुमानभन्दा बढि मुनाफा गरेको छ । बिहीबारमात्रै अमेजनले आफ्नो त्रैमासिक आम्दानी रिपोर्ट सार्वजनिक गर्यो। रिपोर्ट सार्वजनिक भएसँगै शुक्रबार अमेजनको शेयर मूल्यमा बढोत्तरी भएको हो । सन् २०१८ मा अमेजन पहिलोपटक १ ट्रिलियन डलरको कम्पनी बनेको थियो ।

योसँगै अमेजन शुक्रबार पुनः १ ट्रिलियन डलरको कम्पनी बन्न सफल भयो । नम्वर वान अर्बपति बेजोसको कुल सम्पत्तिमध्ये अधिकांश हिस्सा अमेजनको शेयरकै रूपमा रहेको छ । उनको नाममा कम्पनीको ५ करोड ७५ लाख कित्ता शेयर छ, जुन कम्पनीको १२ प्रतिशत हो । यस अनुसार, शुक्रबार बेजोसको कुल सम्पत्ति १ खर्ब २४ अर्ब डलर पुगेको थियो जसमध्ये अमेजनको शेयरबापतको मूल्य १ खर्ब १५ अर्ब ६० करोड डलर थियो ।