१७ श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपर दुर्घटनामा चालकको मृत्यु



अ+ अ-

अर्घाखाँची। अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज साँझ भूमिकास्थान नगरपालिका–३ ठूलाखर्कस्थित भित्री सडकखण्डमा लु२ख ३३२८ नम्बरको टिपर दुर्घटना हुँदा चालक प्युठान जिल्लाका ५८ वर्षीय कुशल रानाको मृत्यु भएको हो ।

गिट्टी लोड गरी ब्याक गर्ने क्रममा अचानक ट्रक सडकबाट करिब चार सय मिटर तल खस्दा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिनुभयो । रासस