१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक सचेतनासम्बन्धी बृहत् सांस्कृतिक कार्यक्रम आयोजना

ट्राफिक सप्ताह–२०८२ : ट्राफिक सचेतनासम्बन्धी बृहत् सांस्कृतिक कार्यक्रम आयोजना
अ अ+ अ-

काठमाडौँ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज काठमाडौँको कलङ्की क्षेत्रमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

सवारी दुर्घटना न्यूनीकरण विशेष महाभियान तथा ट्राफिक सप्ताह–२०८२ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा ट्राफिक सचेतनालाई केन्द्रमा राखी विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो ।

कलङ्की चोक नजिक आयोजित कार्यक्रममा लोकगीत, दोहोरी तथा डेउडा गीतमार्फत ट्राफिक नियम पालना, सुरक्षित सवारी सञ्चालन र पैदलयात्रुको जिम्मेवारीबारे सन्देश प्रवाह गरिएको थियो । चर्चित लोक तथा दोहोरी गायक–गायिकाहरूले आफ्ना प्रस्तुति राख्दा दर्शकको उल्लेख्य उपस्थिति थियो ।

विशेषगरी लोकगायक पशुपति शर्माले प्रस्तुत गर्नुभएको ट्राफिक सचेतनासम्बन्धी गीतले दर्शकको ध्यान तानेको थियो भने गीतमार्फत दिएको सन्देशलाई दर्शकले सकारात्मक रूपमा ग्रहण गर्नुभएको विश्वास गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) ईश्वर कार्कीले सवारी दुर्घटना न्यूनीकरण विशेष महाभियान तथा ट्राफिक सप्ताह–२०८२ नागरिकको ज्यानको सुरक्षा र सवारी दुर्घटना न्यून गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले सवारी दुर्घटना न्यूनीकरण प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जेनजी आन्दोलनपछि हाम्रा भवन तथा संरचनाहरू ध्वस्त भए पनि हामी नागरिकको सुरक्षाका लागि पुनः सडकमा खटिएका छौँ । हाम्रो प्रमुख उद्देश्य सवारी दुर्घटना न्यूनीकरण गर्नु र नागरिकको अमूल्य ज्यान जोगाउनु हो । यसका लागि सबैको साथ, सहयोग र सचेतना आवश्यक छ ।”

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सवारी दुर्घटना अन्त्य गर्ने लक्ष्यसहित ट्राफिक सप्ताह–२०८२ आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले सवारी चालकसँगै पैदलयात्रुले पनि ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो चाहना सवारी दुर्घटना शून्य बनाउने हो । त्यसका लागि सवारी चालक मात्र होइन, पैदलयात्रुले पनि ट्राफिक नियमको पूर्ण पालना गर्न आवश्यक छ । सडक सबैको साझा सम्पत्ति भएकाले यसको प्रयोग जिम्मेवारीपूर्वक गर्नुपर्छ । सानो लापर्वाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।”

कार्यक्रममार्फत ट्राफिक नियम पालनाको महत्त्व, हेल्मेट र सिट बेल्टको प्रयोग, मदिरा सेवन गरी सवारी नचलाउनुपर्ने, जेब्रा क्रसिङको प्रयोग तथा सुरक्षित गतिमा सवारी चलाउनुपर्ने विषयमा जनचेतना अभिवृद्धि गरिएको थियो ।

सांस्कृतिक कार्यक्रमलाई जनस्तरमा ट्राफिक सचेतना फैलाउने प्रभावकारी माध्यमका रूपमा प्रयोग गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कार्यक्रममा विभिन्न जनप्रतिनिधि, नागरिक समाजका अगुवा, यातायात व्यवसायी, सवारी चालक तथा सहचालक, ट्राफिक तथा जनपथ प्रहरीको उल्लेख्य सहभागिता रहेको थियो । रासस