१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ: सञ्चारमन्त्री खरेल

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ: सञ्चारमन्त्री खरेल
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन खोजेको र त्यो चाँडै हुने बताउनुभएको छ ।

आज यहाँ ‘इबुकिङनेपाल डटकम’को उद्घाटन गर्दै उहाँले फागुन २१ गतेको निर्वाचनपछि देशमा परिवर्तन हुने बताउनुभयो ।

मन्त्री खरेलले आगामी निर्वाचनमा राम्रो राजनीतिक दलका राम्रा नेता चयन गर्न सबैलाई आग्रहसमेत गर्नुभएको छ । “यसपटकको निर्वाचनमा स्वतन्त्र, स्वावलम्बी, स्वाभिमानी नेपाली नागरिक भएर राम्रो नेता र नेतृत्व चयन गरौँ। कसैले विवेकको आत्मसमर्पण नगराउ । नेपालले परिवर्तन खाजेको छ र नेपाल परिवर्तन हुँदैछ, त्यसमा सबैले योगदान गरौँ”, उहाँले भन्नुभयो ।

मन्त्री खरेलले युवाहरूले नै देशको परिवर्तन गर्ने भन्दै अब कुनै पनि राजनीतिक दलले युवालाई बेवास्ता गरेर अगाडि बढ्ने अवस्था नरहेको बताउनुभयो । उहाँले मुलुकलाई समृद्ध बनाउनका लागि पर्यटनलाई आधार बनाउनुपर्ने जोड दिँदै राजनीतिक दलले आफ्नो घोषणा पत्रमा पर्यटन प्रवर्द्धन गर्ने उल्लेख गरे पनि काम गर्न भने नसकेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले डिजिटल प्रविधिको प्रयोगमार्फत नेपालको पर्यटन सेवामा सकारात्मक योगदान पुग्ने बताउनुभयो । उहाँले नेपालको पर्यटन सम्भावना ‘इबुकिङनेपाल डटकम’ ले उजागरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

इबुकिङनेपाल डटकम प्रालिका सञ्चालक विश्वेश्वर रेग्मीले नेपालमा डिजिटल ट्राभल तथा सेवा बुकिङ प्रणालीलाई प्रभावकारी बनाउने ‘इबुकिङनेपाल डटकम’ सञ्चालन ल्याएको जानकारी दिनुभयो ।

प्रालिका अध्यक्ष डा भूपालमान श्रेष्ठले होटल, ट्राभल, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवालाई एउटै प्लेटफर्ममार्फत सहज, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य रहेको बताउनुभयो । रासस