३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भोकै बसेर हैन्, खाने तरिका मिलाएर तौल नियन्त्रण

भोकै बसेर हैन्, खाने तरिका मिलाएर तौल नियन्त्रण
अ+ अ-

जब राम्ररी चपाएर खानेकुरा सेवन गरिन्छ, अर्थात ठोस खानेकुरालाई मुखमै तरल बनाएर निल्छौं, तब मोटोपन बढ्ने संभावना कम हुन्छ । तपाईं गुलियो खानेकुराको सौखिन हुनुहुन्छ भने पनि मोटोपन नियन्त्रणमा समस्या हुन्छ । मोटोपन घटाउन धेरैले खानामा कटौती गर्छन् । भोकै बस्छन् । तर, यसले मोटोपन घटाउने होइन, बरु बढाउँछ । अर्को कुरा, खानेकुरा घटाउने चक्करमा हामी खानाको मात्रा भन्दा पनि छाकमा कटौती गर्छौं । तीन वा चार छाकको रुटिन घटाएर दुई वा एक छाक खान्छौं । खाएको बेला पेट चर्कनेगरी खान्छौं । अब एकसाथ भारी खाना पचाउन पाचन यन्त्र सक्षम हुँदैन ।

अतिरिक्त खाना बोसोमा परिणत हुन्छ । मोटोपन बढ्छ । मोटोपन घटाउने काइदा छाकमा कटौती गरेर होइन । खानपानमा कटौती गर्ने होइन । पोषक तत्व आपूर्तिका लागि दिनभरमा हामीलाई पटक पटक खानेकुराको आवश्यक हुन्छ । त्यसैले खानेकुरा खाइरहनुपर्छ । तर, खानेकुराको नाममा जंकफूड, फास्टफूड वा प्रशोधित र बजारमा उपलब्ध तयारी खानेकुरा सेवन गरिन्छ भने, त्यसले पक्कै मोटोपन बढाउँछ । किनभने ति खानेकुरामा पोषक तत्व त हुँदैनन् नै, त्यसले पेटमा अतिरिक्त बोझ थपिदिन्छ ।

तपाईंले यी खानेकुराका लागि चाहि मुखमा ताल्चा लगाउनैपर्छ । मदिरा र मासुजन्य परिकारले मोटोपन बढाउँछ । यो कुरा पनि ख्याल राख्नुपर्छ । फलफूल, पानी र सात्विक एवं सुपाच्य खानाले मोटोपन पटक्कै बढाउँदैन । तौल नियन्त्रणका लागि प्रोटिनको अहंम भूमिका हुन्छ । प्रोटिन सेवन नगर्दा मेटाबोलिज्म बढ्छ । त्यतीमात्र होइन, प्रोटिनको सेवन गर्दा शरीरमा भोक जगाउने हर्मोन ग्लेरिनको स्राव कम हुन्छ । त्यही कारण हामीलाई कम भोक जाग्छ र अनावश्यक खानेकुरा खाइँदैन । कतिपय मानिसमा तौल नियन्त्रण गर्नु यसकारण गाह्रो हुन्छ, उनीहरु जानेर वा नजानेर धेरै क्यालोरी ग्रहण गर्छन । त्यसैले कुनैपनि खानेकुरा सेवन गर्नुअघि त्यसले शरीरमा क्यालोरीको मात्रा बढाउँछ कि ? सर्तक हुनुपर्छ ।

मोटोपन नियन्त्रण नहुनुमा फाइबरयुक्त खानेकुरा सेवन नगर्नु पनि एउटा कारण हुनसक्छ ।तपाईंले भन्नुभयो, ‘म मज्जाले एक्सरसाइज गर्छु ।’ तर, कसरी गर्नुहुन्छ ? कुरा त्यो हो । सही ढंगले व्यायाम नगर्दा पनि मोटोपन नियन्त्रण हुँदैन । वा व्यायामको प्रभाव पर्दैन । तौल नियन्त्रणका लागि तपाईले आफ्नो वर्कआउट प्लानमा सबै किसिमको व्यायाम, जस्तो कि योग, कार्डियो, वेट ट्रेनिक सम्मिलित गर्नुपर्छ । शरीरको मेटाबोलिज्म बढाउनका लागि वेट ट्रेनिङ एकदमै फाइदाजनक हुन्छ । तपाईं कति घण्टा सुत्नुहुन्छ रु यो प्रश्न तपाईंलाई असान्दर्भिक लाग्न सक्छ । र, भन्नुहोला, ‘मोटोपन घटाउने कुरामा निन्द्राको के नाता रु’

नाता छ नि, पर्याप्त मात्रामा निद्रा नलिदा पनि मोटोपन बढ्ने संभावना रहन्छ । सात वा आठ घण्टा मस्त निदाउनुपर्छ । पर्याप्त पानी सेवन नगर्दा पनि मोटोपन नियन्त्रण नहुन सक्छ । त्यस्तै कतिपय शारीरिक समस्या जस्तो कि, हाइपोथाइराइड, पलिस्टिक आभेरियन सिन्ड्रोम आदिको कारण तौल बढ्छ । यसका साथै केही औषधीको सेवन मोटोपन बढ्छ । तौल नियन्त्रण गर्नु एक सुस्त प्रक्रिया हो । तपाईं आजको भोलि नै त्यसको नतिजा खोजेर हार्डवर्क वा कडा श्रम गर्नुहुन्छ, खानामा कटौती गर्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । यो क्रमिक रुपमा हुने लामो प्रक्रिया हो ।