१० असार २०८३, बुधबार
,
Latest
यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस विशेष महाधिवेशनः ४९ प्रतिशतभन्दा धेरै प्रतिनिधिले गरे नाम दर्ता



अ+ अ-

काठमाडौँ ।नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन अहिलेसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्। विशेष महाधिवेशन स्थलमा नाम दर्ता गर्ने क्रम अझै जारी रहेको पार्टी स्रोतले जनाएको छ।

नेपाली कांग्रेसमा कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्। यसअघि असोज २९ गते ५४.५८ प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेका थिए। सोही मागका आधारमा अहिले विशेष महाधिवेशन सञ्चालन भइरहेको हो।

विशेष महाधिवेशनको पक्षमा काठमाडौं आइपुगेका प्रतिनिधिहरूको संख्या बहुमतको नजिक पुगिसकेको बताइएको छ। आयोजक पक्षले महाधिवेशनमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता हुने दाबी गरेको छ।