१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस विशेष महाधिवेशनमा देउवासहितका पदाधिकारीलाई दिइयो निम्तो



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठ पनि पार्टीको विशेष महाधिवेशनमा सहभागी हुनुहुने भएको छ ।

शनिवार विशेष महाधिवेशन स्थलमा पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन पक्षले संस्थापन पक्षका वरिष्ठ नेता श्रेष्ठ पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको हो । त्यसैगरी पार्टी एकताको पक्षमा वकालत गरिरहेका नेताहरु डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मालगायतका नेताहरुले पनि विशेष महाधिवेशनमा सहभागी हुने जानकारी गराएको नेता सुवाष पोखरेलले बताउनु भयो ।

सो महाधिवेशनमा भाग लिनका लागि सभापति शेरबहादुर देउवासहित पदाधिकारीहरुलाई पनि पत्र पठाइएको पत्रकार सम्मेलनमा बताइएको छ । नेता पोखरेलले काँग्रेसको गरिमालाई बढाउन पनि सो महाधिवेशनमा सभापति देउवा सहभागी हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पार्टी सभापतिले हाम्रो निम्तोलाई स्विकार गरेर हामीलाई सम्मान गर्नु हुनेछ । हामीे यो पेक्षा गरेका छौ । क्रान्तिको ओजमा हुर्किएको रुवाखोलाको एउटा युवा केटो जो काठमाडौं आउन पनि उता इन्डियाबाट घुमेर आउनु पर्दथ्यो । त्यो मोडबाट यो मोडसम्म आईपुग्नु भएको सभापतिजीले दुखका मोडहरु सम्झनु हुनेछ । काँग्रेसको गरिमा बढाउनका लागि हामीले उहाँबाट अपेक्षा गरेका छौ । सबै केन्द्रिय पदाधिकारीहरुलाई हामीले निम्ता दिएका छौ । विशेष महाधिवेशनमा श्रेद्धय नेता गोपालमान श्रेष्ठ आउनु हुनेछ । चन्द्र भण्डारी र सुनिल शर्मालगायतका नेताहरु पनि विशेष महाधिवेशनमा सहभागी हुने भनेर हामीलाई खवर पठाउनु भएको छ ।’

विशेष महाधिवेशनको तयारीको काम पूरा भएको पनि त्यसको सचिवालयले जनाएको छ ।