१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठको एकल कला प्रदर्शन



अ+ अ-

काठमाडौँ । वरिष्ठ आँखारोग विशेषज्ञ डा सविना श्रेष्ठ ‘विजुच्छे’ को एकल कला प्रदर्शन सुरु भएको छ ।

डा श्रेष्ठले आफ्नो प्राध्यापन र चिकित्सा पेसाका अलावा विगत एक दशकदेखि सिर्जना गरेका १२५ कलालाई आज नेपाल कला परिषद् बबरमहलमा प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीको वरिष्ठ चित्रकार हरिप्रसाद शर्माले शुभारम्भ गर्नुभयो ।

वरिष्ठ चित्रकार शर्माले डा श्रेष्ठले कलामार्फत देश र समाजलाई नयाँ सिर्जना दिएको बताउनुभयो । कलाका माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ थियो । “नेपाली कलाको विकास, उन्नति र प्रचारका क्षेत्रमा नेपाल कला परिषद्ले खेलेकोे भूमिका सराहनीय छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ कलाकार के।के कर्माचार्यले कला क्षेत्रको विकासमा डा श्रेष्ठको कलाले नयाँ इँटा थपेको बताउनुभयो । आफ्ना अनुभूति र आफूलाई मनमा लागेको कुरालाई प्रस्तुत गर्ने माध्याम कला भएको उहाँको भनाइ थियो । नेपाल ललितकला क्याम्पसका पूर्वक्याम्पस प्रमुख गोविन्द डङ्गोलले कलामा पनि उज्ज्वल भविष्य भएकाले यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालबाट आँखा विषयमा विशेषज्ञता हासिल गर्नुभएकी डा श्रेष्ठ नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको नेत्र विशेषज्ञ तथा मेडिकल निर्देशक समेत हुनुहुन्थ्यो । भारतबाट बाल आँखा रोगमा थप अध्ययन गर्नुभएकी डा श्रेष्ठ हाल काठमाडौँ मेडिकल कलेजमा प्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ ।

उहाँले यसअघि विस २०७८ मा ‘भाइब्रेसन’ शीर्षकमा एकल कला प्रदर्शन गर्नुभएको थियो भने अहिले ‘अन्तरमनको प्रस्फुटन’ शीर्षकमा कला प्रदर्शन गर्नुभएको हो । डा श्रेष्ठका तीन वटा कविता सङ्ग्रह र जीवनमा आधारित पुस्तक ‘एउटा जीवन छामेर हेर्दा प्रकाशित भइसकेका छन् ।

डा श्रेष्ठले आफ्ना श्रीमान् डा विनोद विजुक्छे र छोरा आरभ विजुक्छेको साथ र सहयोगले आफू कला क्षेत्रमा लाग्ने अवसर प्राप्त गरेको बताउनुभयो । पाँच दिनसम्म चल्ने कला प्रदर्शनीमा १२५ कला प्रदर्शनका लागि राखिएका छन् । रासस