९ असार २०८३, मंगलवार
,
Latest
संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते आह्वान, पार्टी नेतृत्वलाई स्वामित्व लिन आग्रह



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रिय विशेष महाधिवेशन आह्वान गरेको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रिय विशेष महाधिवेशन आह्वान गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै महाधिवेशनको सूचना तथा प्रचारपसार समितिका संयोजक सुवास पाखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रिय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले केन्द्रिय विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय र उत्साहपूर्ण रूपमा सहभागी हुन आग्रह गर्नुभयो ।

उहाँले पार्टी केन्द्रले विशेष महाधिवेशनको स्वामित्त लिँदै आफ्नो दायित्व पूरा गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा नेपाली काँग्रेसलाई एकतावद्ध र थप सुदृढ बनाउन यो विशेष महाधिवेशन कोशेढुंगा सावित हुने उहाँको दाबी छ । उहाँले महाधिवेशनको तयारीका लागि १८ वटा विभिन्न समिति गठन गरिएको जानकारी पनि दिनुभयो । उहाँका अनुसार पूर्वजिल्ला सभापति तथा पूर्वकेन्द्रिय सदस्य समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयमसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना व्यवस्थापन, सूचना तथा प्रचारप्रसार समिति गठन गरिएका छन् । जिल्ला सम्पर्क समिति, भातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, साँस्कृतिक कार्यक्रम तयारी, जेनजी युवा परिचालन, जिल्ला क्षेत्र फोकल पर्सन समन्वय समिति गठन गरेर जिम्मेवारी दिइएको समेत पोखरेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही पुस २७–२८ गते काठमाडौंमा हुने गइरहेको केन्द्रिय विषेश महाधिवेशनमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुको सक्रिय उत्साहपूर्ण उपस्थितिका लागि हार्दिक आग्रह गर्दछौँ । यसका लागि आवश्यक तयारी तिव्र गतिमा भइरहेको छ । पार्टी विधानको धारा १५ले केन्द्रिय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय मानेको छ । र यसले लिने हरेक निर्णय आफैैंमा वैद्यता प्राप्त गर्दछ । अतः हामीलाई विश्वास छ, पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्नेछ, आयोजनाको स्वामित्त लिनेछ । विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउनु हामी सबैको साझा दायित्व हो । वर्तमान संवेदनशील घडीमा नेपाली काँग्रेसलाई एकतावद्ध गर्दै थप मजबुत बनाउन यो विशेष महाधिवेशन कोशेढुंगा सावित हुनेछ भन्ने विश्वास लिएका छौँ । पार्टीका सबै तह र निकायबाट यसमा पूर्ण सहयोग र योगदान प्राप्त हुने अपेक्षा समेत लिएका छौँ । विशेष महाधिवेशनको तयारीका लागि हामीले १८ वटा विभिन्न समिति पनि बनाएका छौँ । केन्द्रिय समितिलाई सधैं ुसहयोग गर्न तयार भएको कारण हामीले कार्यकर्ता तहबाटै महाधिवेशन व्यवस्थापनका लागि समितिहरु बनाएका छौँ ।’

पार्टीभित्र बढ्दो विवाद र नेतृत्व तहको असन्तुष्टिका बीच विशेष महाधिवेशन पक्षधरले केन्द्रिय महाधिवेशन आह्वान गरेको हो । पार्टी कार्यसम्पदान समितिको बैठकले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै अगामी जेठ मसान्तसम्मको लागि केन्द्रिय कार्यसमितिको कार्यअवधी थप गरिसकेको छ ।