१८ भाद्र २०८३, बिहीबार
,
Latest
भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको केन्द्रिय कमिटी पुस २९ मा घोषणा हुने



फाइल फोटो
अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेसँगको सहमतिअनुसार अघि बढ्ने बताउनुभएको छ।

पार्टी कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपाको केन्द्रिय कमिटीको घोषणा पुस २९ गते हुने र शपथ ग्रहण कार्यक्रम पनि सोही दिन हुने बताउनु भयो । साथै बैठकले केन्द्रिय कमिटी भित्रका संरचनाहरुको पनि निर्माण गर्ने निर्णय गरेको छ ।

उहाँले भन्नुभयो,‘आजको बैठकमा आउने २९ गते केन्द्रिय कमिटीको घोषणा गर्ने कुरा भएको छ । केन्द्रिय कमिटी भित्रका संरचनाहरुको पनि निर्माण गर्ने कुरा भएको छ । राष्ट्रिय सभामा पनि सबैको सहमतिअनुसार अघि बढ्न प्रयत्न गर्ने कुरा भएको छ ।’

प्रतिनिधि सभा सदस्य निर्वाचनबारे आवश्यक तयारी गर्न बाँकी रहेकाले पुनः बैठक बसेर छलफल गर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल