९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनद्वारा जाँचबुझ आयोगमा लिखित जवाफ पेश



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जाँचबुझ आयोगमा लिखित जवाफ पठाएका छन्। गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सम्बन्धमा बुझ्नका लागि आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मेयर शाहले पठाएको लिखित जवाफ आयोगमा प्राप्त भइसकेको छ।

आयोगले बयान संकलनलगायतका प्रारम्भिक काम सम्पन्न गरी अहिले प्रतिवेदन लेखनको काम अघि बढाएको छ। यसअघि आयोगले गृहमन्त्री रमेश लेखकको लिखित वक्तव्य र बयान लिएको थियो।

आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित विवरण तथा अन्य तथ्यांकहरू यसअघि नै संकलन गरिसकेको जनाएको छ। तल्ला तहका सुरक्षा अधिकारीहरूसँग बयान लिएपछि आयोगले काठमाडौंका तत्कालीन प्रहरी प्रमुख, उपत्यका प्रहरी कार्यालय तथा प्रहरी मुख्यालयका उच्चपदस्थ अधिकारीहरूसँग पनि बयान लिएको थियो।

त्यसबाहेक सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, तत्कालीन गृहसचिव, मुख्यसचिवलगायतसँग पनि आयोगले बयान लिएको छ।

प्रधानसेनापति अशोकराज सिग्देलले आफ्ना अधिकारीहरूका साथ आयोगमा उपस्थित भएर बयान दिएका थिए। आयोगले सुरुआती चरणमै पूर्वगृहमन्त्री रवि लामिछाने लगायतसँग पनि बयान लिएको जनाएको छ।