२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी कार्यदलको ढिलाई: ‘सुझावको औचित्यमाथि प्रश्न’



अ+ अ-

काठमाडौं । सत्तासीन नेकपाले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) को अध्ययन गरी सुझाव दिन गठित कार्यदलले थप १० दिन समय मागेको छ। अमेरिकाले एमसीसीमा केही पनि तलमाथि नहुने स्पष्ट गरिसकेकाले नेकपा नेतृत्व भने कार्यदललाई थप समय दिने नदिने भन्ने दुविधामा छ। गत माघ २२ गते सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकमा एमसीसीलाई संसदबाट अनुमोदन गर्न नहुने पक्षमा बहुमत सदस्य देखिएपछि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनेको थियो।

फागुन २९ सम्म १० दिनको समय पाएको कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य तोकिएका थिए। यसबीचमा कार्यदलका २ वटा बैठक बसे पनि प्रतिवेदन तयार पार्न सकेको छैन। ‘हाम्रो काम सकिएको छैन। १० दिनको समय अरू दिनुपर्यो भनेर पार्टीका दुवै अध्यक्षसँग आग्रह गरेका छौं,’ कार्यदलका संयोजक खनालले भने,‘ प्रतिवेदन लेखन भइरहेको छ।’

नेपाल भ्रमण गरेका एमसीसी युरोप, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले एमसीसी कार्यान्वयन चरणमा रहेकाले केही पनि तलमाथि नहुने स्पष्ट गरेका थिए। प्रधानमन्त्री केपी ओलीदेखि कार्यदल संयोजक खनालसमेतलाई भेट गरेका ब्रुक्सले एमसीसीमा कुनै पनि परिवर्तन अमेरिकालाई मान्य नहुने स्पष्ट गरिसकेका छन्। त्यसअघि एमसीसी सम्वद्ध पदाधिकारीले पनि नेपालले चाहँदैमा मात्र एमसीसीमा कुनै परिवर्तन नहुने भन्दै ‘या त स्वीकार गर्नुपर्ने या त अस्वीकार गर्न’ सरकार र सत्तासीन नेकपाका नेताहरूलाई स्पष्ट गरिसकेको नेताहरू बताउँछन्।

‘एमसीसी स्वीकार गर्ने या नगर्ने नेपालको हातमा छ। यसमा केही पनि तलमाथि हुँदैन भनेर उहाँहरूले स्पष्ट गरिसक्नुभएको छ,’ सत्तासीन नेकपाका एक नेताले भने, ‘यस्तोमा हाम्रो कार्यदल भने अप्ठ्यारोमा पर्ने देखिन्छ। कार्यदलको सुझाव पनि अलपत्र पर्ला जस्तो छ।’ कार्यदलका संयोजक खनालले भने एमसीसी के हो भन्ने विषयमा कार्यदलले स्पष्ट सुझाव दिने बताए। ‘अरूले के भनिरहेका छन्, त्यसबाट कार्यदल प्रभावित हुँदैन,’ खनालले भने, ‘यथार्थ कुरा बाहिर ल्याउँछौं।’

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली एमसीसी छिटोभन्दा छिटो संसद्बाट अनुमोदनका पक्षमा छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुरुमा एमसीसीको विपक्षमा देखिए पनि पछिल्ला दिनमा नरम धारणा राख्दै आएका छन्। अन्नपुर्णपोष्ट दैनिकबाट