८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी

खाद्य सुरक्षाको हक प्रत्याभूत गर्न कृषि क्षेत्रको विकास अनिवार्यः मन्त्री डा परियार

खाद्य सुरक्षाको हक प्रत्याभूत गर्न कृषि क्षेत्रको विकास अनिवार्यः मन्त्री डा परियार
फाइल फोटो
अ+ अ-

नेपालगन्ज।  कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदन परियारले खाद्य सुरक्षाको हक प्रत्याभूत गर्न कृषि क्षेत्रको विकास अनिवार्य भएको बताउनुभएको छ । त्यसका लागि तीन तहका सरकारले एक अर्काको परिपूरक बनी काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपालगन्जमा आज आयोजना भएको उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रमको अभिमुखीकरणमा मन्त्री डा परियारले जलवायु परिवर्तन र यसबाट सिर्जित समस्याले कृषिलाई चुनौतीपूर्ण बनाएको अवस्थामा उत्थानशील कृषि प्रणाली मानकका रूपमा स्थापित भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्नुका साथै वातावरणीय दिगोपना पनि आवश्यक छ ।” मन्त्री डा परियारले बसाइँसराइ तथा श्रमको पलायन र सीमान्तकृत वर्गको समावेशीकरण जस्ता चुनौतीलाई सम्बोधन गर्न तीन तहको सरकारको संयुक्त प्रयास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उत्थानशील कृषि कार्यक्रमको सफल कार्यान्वयनका लागि तीन तहका सरकारको भूमिका र दायित्वबारे स्पष्ट बुझाइ तथा सहकार्य आवश्यक भएको उहाँको भनाइ थियो ।

परियोजनाले हालको खेती प्रणालीलाई आत्मनिर्भर तथा कृषि पारिस्थितिकीय खेती प्रणालीतर्फ रुपान्तरण गर्नेे विश्वास व्यक्त गर्दै मन्त्री डा परियारले कृषि वस्तुको आपूर्ति सुनिश्चित गर्न क्षमता विकास, प्राविधिक सेवा, उत्पादनमूलक पूर्वाधार विकास र नीतिगत ढाँचा तयार गर्ने बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा रामकृष्ण श्रेष्ठले कृषि क्षेत्र आय, रोजगारी र गरिबी निवारणको अचुक क्षेत्र भएको भन्दै कृषि प्रणालीमा लाभदायक र परागशेचन गर्ने किरा घट्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले उत्पादन लागत बढदै गएकाले खेती प्रणाली सङ्कटमा परेको उल्लेख गर्दै  कृषिमा सीमान्तकृत र विपन्न समुदायको पहुँच स्थापित हुनुपर्ने बताउनुभयो  ।

जैविक विविधता, अनसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) का विज्ञ राजेन्द्र भारीले जैविक विविधता संरक्षण र वातावरणीयमैत्री खेती प्रणालीका लागि परियोजनाले सघाउ पु¥याउने बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने अभिमुखीकरणमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ८० जिल्लाका नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षलगायत सहभागी हुनुहुन्छ । उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम विसं २०८१ मा नेपाल सरकार र कृषि विकासका लागि अन्तरराष्ट्रिय कोषबीच भएको वित्तीय सम्झौताअनुसार कार्यान्वयन भइरहेको छ ।