९ श्रावण २०८३, शनिबार
,
Latest
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानमा प्रदर्शनकारी मारिए अमेरिका हस्तक्षेप गर्न तयारः ट्रम्प



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिनुभएको छ । उहाँले इरानले प्रदर्शनकारीमाथि हिंसा गरे अमेरिका ‘उनीहरूको उद्धारका लागि अघि बढ्ने’ बताउनुभयो ।

इरानका विभिन्न सहरहरूमा बिहीबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो, जसमा कम्तीमा छ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । पछिल्लो समय इरानको बढ्दो महँगी, आर्थिक मन्दी र बेरोजगारीको विरोधमा राजधानी तेहरानबाट सुरु भएको आन्दोलन अन्य सहरहरूमा फैलिएको हो । केही व्यापारीहरूले पसल बन्द गरेर विरोध जनाएका थिए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत इरानले ‘शान्तिपूर्ण प्रदर्शनकारीलाई हिंसात्मक रूपमा मार्ने परम्परा’ दोहो¥याएमा अमेरिका ‘लक्ड एन्ड लोडेड’ अवस्थामा रहेको उल्लेख गर्नुभयो ।

यस अभिव्यक्तिप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पको भनाइलाई ‘लापरवाह र खतरनाक’ भन्दै कुनै पनि बाह्य हस्तक्षेपले क्षेत्रीय अस्थिरता निम्त्याउने चेतावनी दिनुभयो । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले अमेरिकी हस्तक्षेप भए सम्पूर्ण क्षेत्र अस्थिर हुने र अमेरिकाकै हितमा क्षति पुग्ने बताउनुभयो ।

सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका सल्लाहकार अली शमखानीले पनि इरानको सुरक्षा ‘रेड लाइन’ भएको भन्दै कुनै हस्तक्षेपको कडा जवाफ दिइने चेतावनी दिनुभएको छ ।
यद्यपि, राष्ट्रपति मसूद पेजेश्कियानसहित इरानी नेताहरूले आर्थिक समस्याका कारण भएको शान्तिपूर्ण प्रदर्शनलाई जायज भएको बताउनुभयो । पेजेश्कियानले जनताको आर्थिक पीडालाई सम्बोधन नगरे सरकार नै नैतिक रूपमा दोषी ठहरिने बताउनुभयो । तर, सरकारले अव्यवस्था र हिंसालाई भने सहन नसकिने स्पष्ट पारेको छ ।

इरानको अर्थतन्त्र वर्षौंदेखि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण कमजोर बनेको छ । उच्च मुद्रास्फीति, अवमूल्यन भएको मुद्रा र रोजगारीको अभावले जनजीवन प्रभावित भएको छ ।
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले इरानी अधिकारीहरूलाई अभिव्यक्ति, सङ्गठन र शान्तिपूर्ण प्रदर्शनको अधिकारको सम्मान गर्न आग्रह गर्नुभएको छ ।

यसैबीच, भेनेजुएलाले पनि ट्रम्पको ‘टकरावपूर्ण’ अभिव्यक्तिप्रति चिन्ता व्यक्त गर्दै इरानमाथिको हस्तक्षेपले क्षेत्रीय स्थिरतामा असर पार्ने जनाएको छ ।

हालका प्रदर्शनहरू सन् २०२२ मा महसा अमिनीको मृत्युपछि भएको व्यापक आन्दोलनभन्दा साना भए पनि कम्तीमा २० सहरमा प्रभाव परेको बताइएको छ । सामाजिक सञ्जालमा आएका धेरै भिडियोहरू स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।




भर्खरै