२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

कारागारबाट फरार माझी पक्राउ

कारागारबाट फरार माझी पक्राउ
अ अ+ अ-

जनकपुरधाम। गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर गौर कारागारमा कैद भुक्तान गरिरहेको अवस्था जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार रौतहटको कटहरिया नगरपालिका–७ निवासी ३० वर्षीय प्रभु माझीलाई प्रहरीले पक्राउ गरेको हो ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट फरार भई गाउँघरमा लुकीछिपी बसिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा रौतहटको कटहरिया नगरपालिका–७ बगहीबाट निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।

पक्राउ परेका माझीलाई कैद भुक्तानको लागि कारागार कार्यालय गौर रौतहटमा बुझाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताउनुभयो ।

विसं २०६८ फागुन २५ गते ७ बजेको समयमा रौतहटको कटहरिया नगरपालिका–७ स्थित पोखरीको डिलमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीपश्चात् हत्या गरेको कसुरमा सर्वोच्च अदालतले माझीलाई २० वर्ष कैद फैसला सदर गरी गौर कारागार कार्यालय पठाएको थियो । रासस