१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा

मानसिक स्वास्थ्य सेवा विस्तार उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री डा गौतम

मानसिक स्वास्थ्य सेवा विस्तार उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री डा गौतम
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले मानसिक स्वास्थ्य सेवा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या सरकारले मात्र समाधान गर्न नसक्ने भएकाले सबैको सहभागिता हुनुपर्ने बताउनुभयो ।

सबै अस्पतालमा मनोचिकित्सक र मनोपरामर्श सेवा थप्दै जाने मन्त्रालयको तयारी रहेको मन्त्री गौतमको भनाइ छ । उहाँले सामाजिक सञ्जालमार्फत जसले पायो त्यसले मनोपरामर्श दिने गरेको गुनासो आएको भन्दै त्यसलाई मन्त्रालयले रोक्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा विकास देवकोटाले राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०५३ लाई संशोधन गरेर नयाँ नीति ल्याउने मन्त्रालयले तयारी गरेको बताउनुभयो । उहाँले नसर्ने रोगका ८० प्रतिशतभन्दा बढी समस्या स्वास्थ्य बाहेकका कारणले हुने गरेको बताउनुभयो।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको मानसिक स्वास्थ्य शाखाकी डा पोमा थापाले नेपालजस्तो अल्पविकसित मुलुकमा मानसिक स्वास्थ्य समस्या बन्दै गएको बताउनुभयो । उहाँका अनुसार २५० जना मनोचिकित्सक रहे पनि ५० जना मात्र सरकारी अस्पतालमा रहेर सेवा दिइरहेको छ ।

यस्तै, प्रमुख समस्यामा मानसिक, तनावसम्बन्धी अवस्था र आत्महत्यासम्बन्धी गम्भीर समस्या (वयस्कमा ७ दशमलव २ प्रतिशत) देखिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा कोशिसका कार्यकारी निर्देशक मात्रिकाप्रसाद देवकोटाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको अवधारणबमोजिम महामारी तथा रोग नियन्त्रण महाशाखामा नराखी स्वास्थ्यको सङ्गठनात्मक संरचनाभित्र मानसिक स्वास्थ्यलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

अधिवक्ता शर्मिला पराजुलीले सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसार केन्द्रीय तहदेखि स्थानीय तहसम्म मानसिक स्वास्थ्यको संयन्त्रको स्थापना गर्नुपर्ने बताउनुभयो ।

उहाँले मानसिक स्वास्थ्यको हकलाई कार्यान्वयन गर्ने पर्याप्त रणनीतिसमेत समेटी राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०५३ लाई परिमार्जन गरी नयाँ मानसिक स्वास्थ्य नीति जारी गर्नु आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष भिषा काफ्ले मानसिक स्वास्थ्यबारे पत्रकारले कलम चलाउँदै आएको भन्दै यस्ता कार्यक्रमले पत्रकारलाई अझ मानसिक स्वास्थ्यबारे समाचार प्रकाशन गर्न सहयोग पुग्ने बताउनुभयो ।  रासस