१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

पाकिस्तान : पिटिआई नेता खानलाई परिवारसँग भेट्न नदिइएको परिवारको दावी, अडियाला जेल बाहिर प्रदर्शन

पाकिस्तान : पिटिआई नेता खानलाई परिवारसँग भेट्न नदिइएको परिवारको दावी, अडियाला जेल बाहिर प्रदर्शन
अ अ+ अ-

इस्लामावाद। पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) का संस्थापक नेता र पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको परिवार र पार्टी नेताहरूलाई अडियाला जेलमा भेट्न रोकिएपछि विरोधमा जेलबाहिर व्यापक धर्ना र विरोध प्रदर्शन भएको छ।

इस्लामाबाद उच्च अदालतले मार्च २४ मा जारी गरेको आदेशका बाबजुद नेता खानलाई भेटमा रोक लगाइएपछि उहाँका समर्थकद्वारा विरोध गर्दै जेलबाहिर धर्ना दिएका हुन् ।

आदेशमा मङ्गलबार र बिहीबार गरी हप्तामा दुई पटक भेट्न दिने आदेश उच्च अदालतले दिएको थियो । पिटिआईले बारम्बार अदालतको निर्देशन कार्यान्वयन नभएको बताउँदै आएको छ र पार्टी संस्थापकलाई पहुँचको माग गर्दै जेल बाहिर धर्ना दिएको छ । प्रशासनले धर्नामा बसेका केहीलाई बुधबार पानीको फोहोरा प्रयोग गरेर तितरबितर गरेको छ ।

मिडियासँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खानकी दिदी अलीमा खानले आफूहरूले विरोध प्रदर्शन जारी राख्ने र धर्नास्थल नछोड्ने बताउनुभएको छ ।

उहाँले परिवारलाई इमरानसँग भेट्न अस्वीकार गरेकोमा अधिकारीहरूको आलोचना गर्दै प्रशासनको अप्रजातान्त्रिक र अमानवीय कार्यमाथि प्रश्न उठाउनुभएको छ।

अलीमाले भन्नुभयो, “जनताको समर्थन भीडको आकारले मापन गर्नु हुँदैन।” यसैबीच, पिटिआईका अध्यक्ष ब्यारिस्टर गोहर अली खानले अदालतको आदेशका बाबजुद इमरानसँग भेटघाट गर्न अस्वीकार गरिएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले राजनीतिक दलले आफ्नै अध्यक्षलाई भेट्न अनुमति लिनुपर्ने अवस्था दुर्भाग्यपूर्ण भएको बताउनुभयो । सरकारसँगको वार्ताको प्रश्नमा गोहरले वार्ता हुन सक्ने तर वार्तासँगै विरोध आन्दोलनको तयारी जारी रहने कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “वार्ता गर्नु अहिलेको आवश्यकता हो, तर सरकारका कारण यो संभव देखिएको छैन ।” उहाँले आफुहरू पार्टी नेतालाई भेट्न जाँदा हरेक हप्ता जेल बाहिर उभिनु पर्ने बाध्यतालाई ‘अनुचित’ कार्य भन्नुभएको छ।

गोहरले देशको सार्वभौमिकताका लागि बाह्य शत्रुसँग युद्धविरामको घोषणा गरिएको तर देशभित्र राजनीतिक तनाव जारी रहेको बताउनुभयो ।

पिटिआईका महासचिव सलमान अकरम राजाले कैदीहरूलाई आफ्ना परिवारका सदस्यहरूसँग भेट्न पाउनु मौलिक मानव अधिकार भएको बताउँदै इमरानलाई ‘एकान्त कारावास’ मा राखिएको आरोप लगाउनुभयो ।

पूर्व प्रधानमन्त्री खानलाई सन् २०२३ अगस्टदेखि जेल जीवन बिताउँदै आउनुभएको छ । हाल उहाँलाई १९ करोड पाउन्डको भ्रष्टाचारको मुद्दामा अडियाला जेलमा सजाय काटिरहनुभएको छ।

उहाँले सन् २०२३ मे ९ को विरोध प्रदर्शनसँग सम्बन्धित आतङ्कवाद विरोधी ऐन अन्तर्गत पनि मुद्दाको सामना गरिरहनुभएको छ।

पिटिआईले इमरान र उनकी पत्नीको स्वास्थ्यलाई लिएर बारम्बार चिन्ता व्यक्त गर्दै आएको छ । यस महिनाको सुरुमा संयुक्त राष्ट्रसङ्घका एक विशेष प्रतिवेदकले इमरानलाई अमानवीय वा अपमानजनक व्यवहार हुन सक्ने अवस्थामा राखिएको चेतावनी दिएका थिए र पाकिस्तानी अधिकारीहरूलाई अन्तर्राष्ट्रिय मापदण्डहरू पालना गर्न आग्रह गरेका थिए।

प्रतिवेदनले आफ्ना संस्थापकमाथि गरिएको अपमानजनक व्यवहारको पर्दाफास गरेको र अन्तर्राष्ट्रिय कानुन र आधारभूत मानवअधिकारको ठाडो उल्लङ्घन भएको बताएको पिटिआईले दावी गरेको छ ।  (रासस/एएफपी)