१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग

शुक्लाफाँटाका विद्यालयमा दुई दिन जाडो बिदा

शुक्लाफाँटाका विद्यालयमा दुई दिन जाडो बिदा
अ अ+ अ-

कञ्चनपुर। अत्यधिक चिसो र शीतलहरका कारण शुक्लाफाँटा नगरपालिकाले नगरक्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरेको छ ।

विगत केही दिनदेखि चलिरहेको तीव्र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको र विद्यालयको नियमित पठनपाठनमा अवरोध सिर्जना भएकाले विद्यालयमा बिदा दिइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टका अनुसार बढ्दो चिसोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै पुस १७ र १८ गते विद्यालयमा बिदा दिइएको छ ।

“चिसोका कारण साना बालबालिका बढी प्रभावित हुने देखिएकाले दुई दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरेका हौँ”, विष्टले भन्नुभयो ।

पछिल्लो समय कञ्चनपुरसहित तराईका जिल्लामा बाक्लो कुहिरो र शीतलहरले चिसो बढेको छ । शुक्लाफाँटा अघि जिल्लाका अन्य स्थानीय तह वेदकोट, कृष्णपुर र भीमदत्त नगरपालिकाले पनि बढ्दो चिसोकै कारण विद्यालयमा बिदा दिइसकेका छन् ।

शुक्लाफाँटामा २८ सामुदायिक र २५ संस्थागत विद्यालय छन् । रासस