१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग

बुटवल मण्डपमा तस्बिर प्रदर्शनीः इतिहासलाई बुझ्ने अवसर

बुटवल मण्डपमा तस्बिर प्रदर्शनीः इतिहासलाई बुझ्ने अवसर
अ अ+ अ-

लुम्बिनी। नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी अवलोकनमा पुगेका रुपन्देही तिलोत्तमाका युवा सङ्गम अर्याल प्रदर्शनमा राखिएका फोटोले इतिहासलाई बुझ्ने र वर्तमानलाई महसुस गर्ने अवसर मिलेको बताउनुहुन्छ ।

उहाँले प्रदर्शनीमा राखिएका ऐतिहासिक तस्बिरले आफूले नदेखेका, नबुझेका धेरै कुरालाई अध्ययन गर्ने अवसर मिलेको बताउनुभयो । यसका साथै तस्बिरले आफ्नो पुस्ताले देखेका र भोगेका घटनालाई पुनःस्मरण गराएको उहाँले उल्लेख गर्नुभयो ।

यहाँको बुटवल मण्डपमा आयोजित १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि र पर्यटन महोत्सवमा राखिएको फोटो प्रदर्शनी अवलोकन गर्न मानिसहरूको भीड लाग्ने गरेको छ । प्रदर्शनीमा यस क्षेत्रका पुरातात्विक, विभिन्न समयका महत्त्वपूर्ण घटना, पर्यटकीय क्षेत्र, सांस्कृतिक धरोहर र प्राकृतिक सम्पदाका तस्बिर राखिएका छन् ।

ती तस्बिर अवलोकन गर्दा धेरै कुराको जानकारी मिलेको बुटवल–१३ का विद्यार्थी सागर बस्याल बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “प्रदर्शनीमा राखिएका तस्बिरले छोटो समयमा साचिक्कै धेरै कुरा बुझ्ने अवसर मिल्यो ।”

आज तस्बिर प्रदर्शनीस्थलमा आज ‘सञ्चार, फोटो र प्रदर्शनी अनुसन्धान अन्तरसंवाद’ कार्यक्रमसमेत आयोजना गरियो । त्यस अवसरमा बोल्ने वक्ताहरूले फोटो पत्रकारितालाई डिजिटल र संस्थागत रूपमा अघि बढाउन सुझाव दिए ।

सहभागी विभिन्न संस्थाका प्रतिनिधिले संस्थागत योजना र सहकार्य गर्ने प्रतिबद्धतासमेत जनाए । कार्यक्रममा फोटो पत्रकारिता र सञ्चार सामग्रीलाई डिजिटल, संस्थागत र बहुपक्षीय सहकार्यमार्फत संरक्षण र प्रवर्द्धन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

अन्तरसंवादमा राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष वरिष्ठ पत्रकार डा बालकृष्ण चापागाईँले तस्बिर र समाचार इतिहासका साक्षी भएको बताउनुभयो । उहाँले तस्बिरले समय, घटना र समाजलाई जीवन्त बनाउने बताउनुभयो । “तस्बिर केवल तस्बिर मात्र होइनन्, इतिहास पनि हुन्”, चापागाईँले भन्नुभयो, “यसको संरक्षण र अध्ययनले भावी पुस्तालाई तथ्य र अनुभूति दुवै दिन्छ ।”

महासङ्घका पूर्वअध्यक्ष डिआर घिमिरेले फोटो पत्रकारितालाई पत्रकारिताको जीवन्त रूपको संज्ञा दिनुभयो । उहाँले प्रविधिले फोटो सङ्कलन, संरक्षण र प्रस्तुतीकरणलाई सहज बनाएको उल्लेख गर्दै भन्नुभयो, “अब कागजमा मात्रै राखेर हुँदैन, डिजिटल माध्यमबाट सबै सामग्री सुरक्षित गर्नुपर्छ । संस्थागत रूपमा डिजिटल अभिलेख बनाउने समय आइसकेको छ ।”

महासङ्घका केन्द्रीय सदस्य रामराज पोखरेलले फोटो र सञ्चार सामग्रीलाई जीवित इतिहास भन्दै सकारात्मक सन्देश दिने अभियानमा सबै लाग्नुपर्ने बताउनुभयो ।

मणिमुकुन्द सेन उद्यान परिषद्का अध्यक्ष माधव नेपालले तस्बिरमा हुने शक्तिको महत्त्वबारे चर्चा गर्दै तस्बिर पर्यटन उद्योगको अभिन्न हिस्सा भएको बताउनुभयो ।

रूपन्देही उद्योग सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले पत्रकार महासङ्घसँगको संस्थागत सहकार्यलाई बलियो बनाउन यति ठूलो लगानी गरेर फोटो प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । “फोटो कथा, भावना र स्मृति दिलाउने माध्यम हो । यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई जोड्न प्रविधिलाई पछ्याउनुपर्छ, उद्योग र अर्थतन्त्रको विकासका लागि रचनात्मक सुझाव आवश्यक छ ।”

रूपन्देही व्यापार सङ्घका अध्यक्ष प्रकाश ढकालले फोटो प्रदर्शनीले स्थानीय उत्पादन, पर्यटन र पहिचान प्रवर्द्धनमा सहयोग पु¥याउने बताउँदै पत्रकार महासङ्घले गर्ने यस्ता रचनात्मक कार्यक्रममा सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्य, महासङ्घ रुपन्देहीका सल्लाहकार तथा रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसी, खिमानन्द भट्टराई, र अध्येता विजय हितानले फोटो पत्रकारिताले राजनीति मात्र होइन, वातावरण संरक्षणजस्ता विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।

पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले प्रदर्शनीमा राखिएका तस्बिरको बिक्री, आम्दानी र संस्थागत सहयोगमा प्रदेशस्तरीय पत्रकारिता कोषको स्थापना गर्ने योजना रहेको सुनाउनुभयो । रासस