९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच समसामयिक राजनीतिक अवस्थाबारे छलफल



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपतिद्वय डा.रामवरण यादव र विद्यादेवी भण्डारीबीच वर्तमान राजनीतिक अवस्थाका विषयमा छलफल भएको छ।

भेटमा देशको समसामयिक राजनीति, लोकतान्त्रिक अभ्यास, राजनीतिक स्थिरता तथा संविधान कार्यान्वयनका विविध पक्षबारे विचारविमर्श भएको बताइएको छ।

छलफलका क्रममा दुवै पूर्व राष्ट्रपतिले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्दै राष्ट्रिय सहमति र राजनीतिक संवादलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो।

वर्तमान राजनीतिक परिस्थितिप्रति दुवै पूर्व राष्ट्रपतिले चासो व्यक्त गर्दै जिम्मेवार भूमिका निर्वाह गर्न राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभएको छ।