१९ असार २०८३, शुक्रबार
,
Latest
कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन, घरजग्गा र शेयरबजार कारोबार घट्दा लक्ष्य भेट्न कठिन



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महीनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व उठाएको छ ।

अर्थमन्त्रालयकाअनुसार चालु वर्षको मंसिर मसान्तसम्मको कर राजश्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड सरकारले आम्दानी गरेको हो । यो लक्ष्यको तुलनामा ७८ दशमलव ७४ प्रतिशत हो ।

गत वर्षको सोही अवधिको तुलनामा राजश्व १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्रतिकुल परिस्थितिमा पनि राजश्व गतवर्ष भन्दा सकारात्मक उठेको जानकारी दिनुभयो । उहाँकाअनुसार राजश्वको चार वटा क्षेत्र अन्तर्गत भन्सार, मूल्यअभिवृद्धि कर, अन्तःशुल्कमा राजश्व संकलन पोजेटिभ रुपमै उठिरहेको छ । तर आयकरतर्फ गत वर्षको तुलनामा ८ प्रतिशतले नेगेटिभ वृद्धिदर छ । नाकारात्मक हुनुको कारण बजारमा व्याजदर घट्नु र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आउनु मुख्य कारण रहेको उहाँको भनाइ छ । उहाँकाअनुसार मंसिरसम्मको लक्ष्य नभेट्नुको अर्को कारण पुँजीगत लाभकरमा कमी आउनु पनि हो ।  घरजग्गाका कारोबारहरु सिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा कम आएको र लक्ष्य भेट्न सकस परेको पाण्डेले जानकारी दिनुभयो ।

सहसचिव पाण्डेयले भन्नुभयो–हाम्रो चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म राजश्वको अवस्था हेर्दा करिब ४०९ अर्बको राजश्व संकलन भएको छ । लक्ष्यअनुसार राजश्वको प्रगति हुन सकेको छैन । लक्ष्यअनुसारको प्रगति करिव ७८ प्रतिशत छ । गत वर्षको तुलनामा भने १.६ प्रतिशतको ग्रोथमा छौं । जुन यस्तो प्रतिकुल परिस्थीतिमा पनि राजश्व गतवर्ष भन्दा सकारात्मक उठिरहेको छ । लक्ष्यअनुसार राजस्व उठाउनका लागि अर्थ मन्त्रालय र मातहतका विभाग, कार्यालयहरु लागिरहेका छन् । आगामी असार मसान्तसम्म पुग्दा लक्ष्यअनुसार राजश्व असुल हुन्छ । राजश्वको चार वटा क्षेत्र अन्तर्गत भन्सार, मूल्यअभिवृद्धि कर, अन्तःशुल्कमा राजश्व संकलन पोजेटिभ रुपमै उठिरहेको छ । आयकरतर्फ गत वर्षको तुलनामा ८ प्रतिशतले नेगेटिभ वृद्धिदर छ । नाकारात्मक हुनुको कारण बजारमा व्याजदर घट्यो र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आएको देखिन्छ । अर्कोतर्फ पुँजीगत लाभकरमा पनि कमी आएको देखिन्छ । जस्तै घरजग्गाका कारोबारहरु शिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरमा केही कम छ ।’

घरजग्गाका कित्ताकाट खुलिसकेको र  शेयर कारोबारमा पनि अलिकति उछाल आउने छनक देखिएकाले आगामी दिनमा राजश्व बढ्ने अर्थ मन्त्रालयको विश्वास छ । अर्थ मन्त्रालयकाअनुसार आशन्न निर्वाचनमा हुने खर्च र पुनर्निर्माणमा गरिने खर्चले पनि राजश्व वृद्धिमा सहयोग पु¥याउने र लक्ष्य भेट्नेछ ।