१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

सुध्रिनसके काँग्रेसले कसैको वैशाखी टेक्नुपर्दैनः काँग्रेस नेता केसी

सुध्रिनसके काँग्रेसले कसैको वैशाखी टेक्नुपर्दैनः काँग्रेस नेता केसी
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सुध्रिनसके नेपाली काँग्रेसले कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस सुध्रिन नसके चारैतिर चुनौति नै चुनौति रहेको टिप्पणी गर्नुभयो । उहाँले सुध्रिएर जनतामाझ जानसके तल्लोेस्तरसम्म संगठन भएको काँग्रेसलाई कसैको वैशाखी टेक्न जरुरी नरहेको बताउनु भयो । काँग्रेस आफैँ लोकतन्त्रको संरक्षक, संवाहक भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी सुध्रिएनौँ भने त चारैतिर चुनौति नै चुनौति छ । हामी सुध्रियौँ भने गाउँगाउँसम्म संगठन छ, इतिहासमा गरेका योगदान, विकासका कुराहरुलाई अब सुधार गर्छौं भनेर जाँदा जुनसुकै शक्ति आएपनि काँग्रेसले कसैको वैशाखी टेकेर हिँड्नुपर्दैन । काँग्रेस आफैँ लोकतन्त्रको संरक्षक, संवाहक हो ।’
काँग्रेस नेता रामनाथ अधिकारीले पुस महिनाभित्र केन्द्रिय महाधिवेशन गरिसक्नुपर्ने भएपनि केही समय सर्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले क्रियाशिल सदस्यता टुंग्याएर छिटो महाधिवेशन गर्नुपर्ने बताउनु भयो । छिटो महाधिवेशन गर्न आफ्नो जोडबल रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुस महिनाभित्र केन्द्रिय महाधिवेशन गरिसक्नुपर्ने हो । क्रियाशिल सदस्यताका कारण केही समय हेरफेर हुँदैछ भन्ने बुझिएको छ । क्रियाशिल सदस्यहरु दुई दिनभित्रमा सम्पन्न गरेर जिल्लामा पठाए वडा तहबाट महाधिवेशन सम्पन्न हुनेछ । त्यसमा मेरो जोडबल रहन्छ ।  बदलिँदो परिस्थितिमा बदलिँदो ढंगबाट हामी अघि बढ्नुपर्छ । मेरो पार्टीले पनि त्यो किसिमको निर्णय लेला भन्ने विश्वास छ ।’

नेता अधिकारीले आगामी निर्वाचन नलड्ने घोषणा गरे पनि पार्टी राजनीतिमा आफू सक्रिय रहने बताउनु भयो ।