१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यले तोड्यो अहिलेसम्मकै रेकर्ड



अ+ अ-

काठमाडौँ । नेपाली बजारमा फेरी सुनको मुल्य बढेको छ । दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार २०० रुपैयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार र सोमबार ७६ हजार ५०० रुपैयाँमा कारोबार सुन मंगलबार तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।