१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्यमा कीर्तिमान, कतिमा भईरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मुल्य तोलामा ४ सय बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन ७७ हजार १ सय रुपैयामा कारोबार भईरहेको छ । मंगलबार प्रतितोला ७६ हजार ७ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले बुधबार ४ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७६ हजार ८ सयमा कारोबार भइरहेको छ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय ५ रुपैयाँमा पुगेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।