३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘आर्थिक समृद्धितर्फ प्रदेश सरकार प्रतिबद्ध’

‘आर्थिक समृद्धितर्फ प्रदेश सरकार प्रतिबद्ध’
अ+ अ-

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शान्ति सुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको लागि योजना कार्यान्वयनतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको छ बताउनुभएके छ ।

प्रजातन्त्र दिवसको उपलक्ष्यमा वाग्मती प्रदेश सरकारद्वारा आज हेटौँडामा आयोजित समारोहमा उहाँले सरकारले जनताप्रति उत्तरदायी बहन गर्दै राष्ट्रिय गौरवको आयोजनालगायत जनहितको विभिन्न कार्यक्रमहरु कार्यान्वयनमा ल्याएको बताउनुभयो । मुख्यमन्त्रीले एकोहोरो सरकारको आलोचना गर्ने मात्रै बानीलाई त्यागेर रचनात्मक सोच पनि राख्नुपर्ने घारणा व्यक्त गर्नुभयो ।

उहाँले राजनीतिक दलको नेतृत्वले आ–आफ्नो दलको स्वार्थभन्दा माथि उठेर संविधान, प्रजातन्त्रको सुदृढीकरण र राष्ट्रियताको संरक्षणको लागि एकै ढिका भएर हिँड्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले अहिले सुशासनको सम्बद्र्धन गर्दै जनतालाई मौलिक हको संरक्षण तथा दिगो शान्ति सुरक्षाको प्रबन्ध मिलाउन उच्च प्राथमिकता दिएको बताउनुभयो ।

सो अवसरमा वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले आफ्नो क्षेत्रमा सुशासन ल्याउन र दिगो शान्ति सुरक्षा तथा विकासको पूर्वाधारलाई कार्यान्वयनतर्फ जोड दिनुपर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारको सिफारिसअनुसार प्रदेशसभाले विभिन्न ४८ वटा विधेयक पारित गरिएको र ती विधेयकबाट सरकारले आफ्नो कार्यसम्पादनमा गतिशीलता ल्याएको छ भन्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले प्रदेश सरकारले स्थानीय निकायलाई समन्वय गरेर जनताको हितको निमित्त सहज ढङ्गबाट उनीहरुलाई सेवा सुविधा उपलब्ध गराउनेतर्फ अग्रसर गराउँदा प्रजातन्त्रको सुदृढीकरणमा सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । प्रजातन्त्र दिवसको अवसरमा हेटौँडास्थित बुद्धचोकबाट मुख्यमन्त्री पौडेल, वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रीगण, प्रदेशसभाका सदस्य, विभिन्न कार्यालय प्रमुख र सुरक्षाका उच्च अधिकृत सम्मिलित र्याली बजारको परिक्रमा गरी वाग्मती प्रदेश सरकारको परिसरमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।