३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै

केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
अ+ अ-

रुकुमपूर्व । रुकुम (पूर्व) मा पनि अब केन्द्रीय प्रसारण लाइन जोडिने भएको छ । तीनवटा मात्र गाउँपालिका रहेको जिल्लाको सदरमुकाम रुकुमकोट लगायत सबै पालिकामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको छ । गत असोज महिना नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र स्थापना भएको हो । कार्यालयले मङ्सिरको महिनादेखि काम शुरु गरी लाइनको तार तान्ने, पोल गाड्ने, टान्सफर्मर जडान गर्नेलगायतका कामलाई तीव्र गति दिएको छ । ती काम बोलपत्र आह्वान गरी निर्माण सेवामार्फत भइरहेको केन्द्रले जनाएको छ ।

प्राधिकरणले जिल्लामा रोल्पाको थबाङ हुँदै भूमे गाउँपालिका–६ महत भएर ३३ केभीएको र रुकुमपश्चिम हुँदै सदरमुकाम रुकुमकोट भएर आउने ११ केभीएको राष्ट्रिय प्रसारण लाइन जिल्लाभरि जोड्न लागेको कार्यालय प्रमुख युवराज रावतले जानकारी दिए । अहिले ३३ केभीएको लाइनको लागि शशी निर्माण सेवा कम्पनीद्वारा र ११ केभीएको लाइनको लागि सिस्ने हिमाल सेवा कम्पनीद्वारा काम भइरहेको छ । जिल्लाका मुख्यमुख्य बस्तीमा केन्द्रीय प्रसारण लाइन पुर्याउको लागि खण्डखण्ड विभाजन गरेर बोलपत्र आह्वान गरी निर्माण सेवा कम्पनीमार्फत काम थालिएको छ । प्रदेश कार्यालय हुँदै जिल्ला कार्यालयसम्म विद्युतीय सामान ढुवानीको लागि शशी निर्माण सेवाले जिम्मा लिएको छ ।

अहिले सिस्ने गाउँपालिका–६ खोपीचारदेखि रानीकोट खण्डमा निर्मल निर्माण सेवा कम्पनी, सिस्ने–५ रुमालबारा हुँदै लेखसम्मको खण्डमा सुवर्ण निर्माण सेवा एण्ड सप्लायर्सले काम गरिरहेका छन् । यसैगरी भूमे ४ साकिमदेखि पुथाउत्तरगङ्गा गाउँपालिकाको वडा नम्बर १४ को नाखाखण्डमा राप्ती निर्माण सेवा तथा भूमे–४ र सिस्ने–५ धौला पहिरादेखि चोताबारी, झुम्कामारे खण्ड गरी यी चारखण्डमा बोलपत्र आह्वानमार्फत केही दिनपछि काम शुरु गरिने भएको छ ।
यसैगरी सातखण्डको लागि माघ २९ गते देखि १५ दिनको समय दिइएर शिलबन्दी बोलपत्र आह्वान गरिएको छ ।

कार्यालयका अनुसार यही महिनाको अन्तिमसम्ममा रुकुमकोट बजारमा केन्द्रीय लाइन उपभोग हुने गरी काम भइरहेको प्रमुख रावतले जानकारी र्दि । जिल्लाको विद्युत्लाई दिगो र भरपर्दो बनाउनका लागि जिल्लामै सदरमुकाम रुकुमकोट र भुमे गाउँपालिकाको काक्रिमा विद्युत् सवस्टेशन बनाउने तयारी भइरहेको पनि उनले बताए । जिल्लामा दुई ठाउँमा सवस्टेशन निर्माण भएमा बेलाबेलामा विद्युत् गइरहने समस्याको समाधान हुनेछ । स्थानीयस्तरमै उत्पादित लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि केन्द्रीय लाइनमा जोड्न सजिलो हुने विश्वास लिइएको छ ।