१९ माघ २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बजारमा असर नेपालमा, फेरी बढ्यो सुनको मुल्य



अ+ अ-

काठमाडौं । विश्व बजारमा सुनको मूल्य वृद्धी भएसंगै नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबार छापावाला सुन ५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्यले ७८ हजार १ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ। बिहीबार प्रतितोला ७७ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७७ हजार ८ सयमा कारोबार भइरहेको र चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँमा कायम छ।

पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ। त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।