२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई



अ+ अ-

काठमाडौँ: नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण नबनेको आरोप लगाउनुभएको छ ।

ईश्वर पोखरेलको समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले प्रतिनिधि छनौट, बन्दसत्रदेखि निर्वाचनसम्म नै पार्टीका संचरचनाहरुको दुरुपयोग गर्ने काम भएको बताउनु भयो । यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि प्रश्न चिन्ह खडा गरेको उहाँको भनाई छ ।

उहाँले आगामी दिनमा यसको थप समिक्षा गर्ने पनि बताउनु भयो । उहाँले लोकतान्त्रिक अभ्यासमा सहभागी भएपछि आएको परिणामलाई भने स्वीकार गर्ने बताउनु भयो ।

एमाले अध्यक्ष केपी ओलीले ल्याएका राम्रा पक्षहरुलाई समर्थन गर्ने र पक्षपातपूर्ण व्यवहार भएर प्रतिवाद गर्ने जानकारी दिनुभयो । उहाँले आगामी निर्वाचन लगायत वाह्य प्रतिष्पर्धामा भने एकजुट हुने बताउनु भयो । विचारको आधारमा पार्टीभित्र अन्तरसंघर्ष भने जारी रहने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक प्रतिस्पर्धामा हामी सामेल भयौँ । यद्यपि त्यो लोकतान्त्रिक प्रतिष्पर्धा कति स्वस्थ भयो ? कति मयार्दित भयो ? त्यो सबैले देखेकै छ । प्रतिनिधि छनौटदेखि बन्दसत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलापहरुले हाम्रो पार्टीको लोकतान्त्रिक अभ्यासमाथि पनि गम्भिर प्रश्नहरु उठाएको छ । पार्टी संरचनाहरुको दुरुपयोग गरिएको छ । संगठन विभाग लगायतका निकायहरुको दुरुपयोगबाट पार्टीको आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाउने कोशिस भयो, त्यसप्रति हामीले चिन्ता व्यक्त गरेका छौँ । जे सुकै भएपनि यसको समिक्षा आगामी दिनमा हुँदै जाला । पार्टीको केन्द्रिय कमिटिको बैठक छ, २६, २७ र २८ गते त्यहाँ पनि हामीले यसको समिक्षा गर्ने नै छौँ । तर एउटा लोकतान्त्रिक अभ्यासमा भाग लिईसकेको हुनाले यसको परिणामलाई हामीले सहज रुपमा स्वीकार्छौं । आजको भेलाबाट केपी ओलीलाई पार्टी अध्यक्षमा निर्वाचित भएकोमा बधाई दिएका छौँ । उहाँले ल्याउने सकारात्मक प्रश्तावलाई हामीले सर्मथन गर्दछौँ । यदी पार्टी एकतालाई खण्डित गर्ने, पार्टीभित्र पक्षपात गर्ने, पार्टीभित्र गुटबन्दी, विभाजन गर्ने, पार्टीभित्र काखा र पाखा गर्ने प्रश्तावहरु आएभने हामी त्यसको प्रतिवाद गर्छौं । र पार्टीलाई आगामी निर्वाचन लगायतका वाह्य प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न हामी हरदम पार्टीको पक्षमा खडा हुनेछौँ । पार्टीभित्र हामी कुनै अराजनितिक वार्गेनिङ गर्दैनौँ । तर राजनितिक मुद्दामा हामी सधै पार्टीभित्रको आन्तरिक संघर्षमा सामेल हुन्छोँ । यतिबेला विभाजन होईन र आत्मसमर्पन पनि होईन, निरन्तर सर्घष हाम्रो लाईन हुनेछ ।’

उहाँले अध्यक्ष केपी ओलीको व्यवहारमा कुनै परिवर्तन नआएको उल्लेख गर्नुहुँदै सामुहिक निर्णय र नेतृत्व हस्तान्तरणको एजेण्डा भने उठाइरहने बताउनु भयो । उहाँले पार्टीभित्र अपमान हुनेगरी कसैको मानमर्दन गरेमा प्रतिवाद गर्ने चेतावनी पनि दिनुभयो । पार्टीको महाधिवेशनमा आफ्नो पक्षले सफलता हासिल गर्न नसेकोमा पनि समिक्षा गर्ने भेलाले निर्णय गरेको उहाँले जानकारी दिनुभयो । निर्वाचनमा सहभागी भएर सफलता हासिल नसकेकाहरुलाई विचलिन नभई पार्टी निर्माणमा लाग्न आग्रह गरेको पनि उहाँले बताउनु भयो । – न्युज एजेन्सी नेपाल

 




भर्खरै