२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन 
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुरलाई बनाइयो मेयर, न्यायाधीशले खुवाए सपथ



अ+ अ-

काठमाडौं । अमेरिकाको जर्जटाउन सहरमा एक कुकुरलाई मेयर बनाइएको छ । उक्त सहरमा पार्कर नामक कुकुर मेयर बन्न सफल भएको हो ।

बुधबार जर्जटाउन सामुदायिक केन्द्रमा आयोजित विशेष समारोहका बीच पार्करले सहरको मेयर पदको सपथ ग्रहण गरेको हो ।

गत फेब्रुअरी ११ मा छनोट बोर्डका सदस्यहरुले मतदान मार्फत पार्करलाई सहरको मेयरमा निर्वाचित गरेको थियो । मेयरमा निर्वाचित कुकुरलाई न्यायाधीश लिनेट केल्सीले सपथ खुवाएका हुन् ।

कुकुरको सपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाहरु तथा कुकुरप्रेमीहरु समेत सहभागी भएका थिए । सपथ सँगै मेयरको पदभार ग्रहण गर्नका लागि पार्कर पूरा पहिरनमा समारोहस्थल पुगेको थियो ।

समारोहका क्रममा पार्करले टाई तथा क्याप र चश्मा लगाएको थियो । क्लीयर क्रिक काउन्टीले आफ्नो फेसबुक पेजमा उक्त समारोहका तस्वीर शेयर गरेको छ । त्यस्तै कतिपय तस्वीरहरु उक्त कुकुरको इन्स्टाग्राम पेजमा पनि शेयर गरिएका छन् ।