२९ भाद्र २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व बालबालिकामा लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह संसदीय दलका नेता आङदेम्बेद्वारा हरितालिकाको शुभकामना प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनमा आज मतदान, ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित



अ+ अ-

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ। निर्वाचन तालिकाअनुसार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ। मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने छ। महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधि सहभागी छन्।

यसैबिच नेतृत्व चयनका लागि दर्ता भएको उम्मेदवारीमा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ११ जना केन्द्रीय सदस्यमा एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेहरुमा लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल मधेशी कलस्टरबाट युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै केन्द्रीय सदस्य समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी , समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित हुनु भएको छ ।

पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मूनिको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित हुनु भएको छ ।

अनुशासन आयोगको अध्यक्षमा प्रा.डा.भरतराज पहारी, उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा डा।राजेन्द्र घिमिरे पनि निर्विरोध निर्वाचित हुनु भएको छ ।