२९ श्रावण २०८३, शुक्रबार
,
Latest
नयाँ नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको शुरुवातः मुख्य प्रशिक्षक स्टुअर्ट ल भविष्यको योजना र खेलाडीको स्तरवृद्धिका लागि सन्दीप लामिछानेलाई कप्तान बनायौँः पारस खड्का रोहितले स्थापना गरेको विरासतलाई अझ उचाईमा पुर्‍याउनु मेरो जिम्मेवारी होः सन्दीप प्रभु बैंकले ल्यायो आकर्षक सुविधासहित घर तथा सवारी साधन कर्जा योजना काँग्रेसलाई एकजुट बनाउनु मेरो मुख्य कर्तव्य होः डा. शशांक कोईराला दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा. तिमिल्सिनाको… कपिलवस्तुमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते वर्षमान पुनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, रोल्पाका बाढीपहिरो पीडितलाई एक महिनाको तलब दिने घोषणा जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन भदौ १ देखि सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता, कार्यकर्ताहरु सूर्य अंकित रातो ढाका टोपीमा सजिएका छन् ।

पार्टीको एघाराँै महाधिवेशनको क्रममा शुक्रवार पार्टी मुख्यालय च्यासलमा भेला भएका अधिकांश महाधिवेशन प्रतिनिधिसहितका नेता, कार्यकर्ताहरु सो टोपीमा सजिएका हुन् । सो टोपी पार्टी सजिएका महाधिवेशन प्रतिनिधिहरुले आफूहरु उत्साहका साथ महाधिवेशनको तयारीमा जुटेको प्रतिक्रिया दिएका छन् । सो टोपी पार्टीको केन्द्रिय विज्ञान तथा प्रविधि विभागले व्यवस्थापन गरेको हो । सो टोपीबाट आएको मुनाफा विभागले आफ्नो वार्षिक रुपमा प्रकाशित हुँदै आएको पुस्तकमा खर्च गर्ने योजना बनाइएको विभागका सचिव एवं महाधिवेशन प्रतिनिधि सञ्जीव रोकाले बताउनु भयो । उहाँले आफू महाधिवेशनको तयारीमा उत्साहका साथ लागेको प्रतिक्रिया समेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘यो मैले लगाईराखेको सूर्य अंकित सुर्य टोपी यसलाई मेरो विभागले ब्रान्डिङ गरेको छ । अहिले नेकपा एमालेका सबै कार्यकर्ताको शीरमा सुर्य अंकित टोपी सबैको शीरशीरमा लगाउन खोजिराखेका छौ । आज तपाईले अधिकांशलाई देख्न सक्नु हुन्छ । उहाँहरुले यहाँ त्यो टोपी लगाउनु भएको छ । र, यो टोपीबाट आएको मुनाफाबाट हामीले विभागले वार्षिक हिसावले प्रकाशन गर्ने गरेको कितावमा खर्च गरिनेछ ।’

एमालेको एघारौ महाधिवेशनको उद्घाटन सत्र मंसिर १७ गते शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुनेछ । सो महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । सो उद्घाटन सत्रमा ३ लाख भन्दा जनताको सहभागिता गराउने एमालेले दाबी गर्दै आएको छ ।




भर्खरै