११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

कपिलवस्तुमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते

कपिलवस्तुमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते
अ अ+ अ-

काठमाडाैँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित तौलिहवा–भैरहवा सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्।

शुक्रबार बिमियाबाट पकडीतर्फ आउँदै गरेको लु ३३ प १५७७ नम्बरको डिस्कभर १२५ सीसी मोटरसाइकलले सोही दिशातर्फ गइरहेका साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकडीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६ जना ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नेशनल हेल्थ केयर सेन्टर पकडी पठाएको जनाएको छ। मोटरसाइकल र साइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा साइकलयात्री मायादेवी गाउँपालिका–२ भैसकुण्डाका ५० वर्षीय रामऔतार लोध घाइते भएका छन्। उनको ढाड, बायाँ हातको कुइनो र कुममा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–८ भरवलियाका ४० वर्षीय सकिल अहमद खानको बाहिरी चोट नदेखिए पनि भित्री असर हुन सक्ने र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम छ। चालकको मापसे परीक्षण खुल्न सकेको छैन भने सवारी चालक अनुमतिपत्रसमेत साथमा नभएको बताइएको छ।

मोटरसाइकलमा पछाडि सवार चालकका ११ वर्षीय छोरा बसिद खानलाई चोट नलागे पनि शरीर दुखेको छ। उनको अवस्था सामान्य रहेको छ। त्यस्तै, चालकका ९ वर्षीय छोरा जहिर खानको दाहिने खुट्टाको घुँडामा चोट लागेको छ भने अवस्था सामान्य छ। चालककी ३ वर्षीया छोरी सेफा खानको पेट दुखेको र उनको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय पकडीबाट करिब १.५ किलोमिटर पूर्वमा पर्छ।