११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको राजनीतिक सङ्घर्ष

नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको राजनीतिक सङ्घर्ष
अ अ+ अ-

काठमाडाैँ । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट मुलुकको राजनीतिमा परिचित नाम हो । उहाँ हाल नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ । भट्ट विसं २०७९ मा भएको प्रदेशसभा निर्वाचमा डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको हो । उहाँ डडेल्धुराको अजयमेरु गाउँपालिका–४ चौडीमा विसं २०३१ पुस २ मा स्वर्गीय रामदत्त भट्ट र गोमतीदेवी भट्टका सन्तानका रूपमा जन्मिनुभएको हो । भट्टको प्रारम्भिक जीवन डडेल्धुरामै बित्यो ।

उहाँको शैक्षिक योग्यता आईएल तहसम्मको छ । भूमिगत राजनीतिदेखि सङ्गठनात्मक जिम्मेवारीसम्म भट्टले विसं २०४७ मा नेकपा एकता केन्द्रको सदस्यता लिएर औपचारिक राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । विसं २०५० असोजदेखि उहाँ पार्टीको पूर्णकालीन सदस्य बन्नुभयो । सोही वर्षको कात्तिकमा नेकपा एकता केन्द्रको डडेल्धुरा जिल्ला सदस्यको जिम्मेवारीसमेत सम्हाल्नुभयो ।

राजनीतिक गतिविधिका क्रममा विसं २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट ‘राज्यविरुद्ध अपराध’सम्बन्धी मुद्दामा पक्राउ परेका भट्टले विसं २०५३ पुस ८ गतेसम्म जेल जीवन बिताउनुभयो । त्यसपछि उहाँ तत्कालीन माओवादीले गरेको सशस्त्र द्वन्द्वमा विसं २०५२ फागुन १ देखि २०६३ वैशाख १२ गतेसम्म भूमिगत राजनीतिक गतिविधिमा सक्रिय रहनुभयो । माओवादी आन्दोलनका क्रममा उहाँ विसं २०५८ साउनमा उहाँ नेकपा (माओवादी) का डडेल्धुरा जिल्ला सेक्रेटरी, विसं २०५९ पुसमा दार्चुला र बैतडी जिल्ला इञ्चार्ज, विसं २०६० मा केन्द्रीय सदस्य बन्नुभएका भट्टले विसं २०६४ मा सेती–महाकाली राज्य समितिको सचिवको जिम्मेवारी सम्हाल्नुभयो । पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) को एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विसं २०७६ मा उहाँ सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज बन्नुभयो ।

नेकपा विभाजनपछि विसं २०७८ मा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी सम्हाल्नुभयो । भट्टले विसं २०८० मा पार्टीको स्थायी समिति सदस्यको जिम्मेवारी प्राप्त गर्नुभयो ।

संसदीय निर्वाचन यात्रा

नवनियुक्त मुख्यमन्त्री भट्ट संसदीय राजनीतिमा पनि निरन्तर सक्रिय हुनुहुन्छ । डडेल्धुराबाट उहाँ विसं २०६४, २०७० मा संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभयो, तर नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका निकटतम प्रतिद्वन्द्वी रहनुभयो । विसं २०७९ को प्रदेशसभा निर्वाचनमा डडेल्धुरा प्रदेशसभा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएसँगै भट्टको राजनीतिक भूमिका प्रदेशसभामा केन्द्रित भयो । उहाँलाई तत्कालीन अवस्थामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित हुँदा मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिएको थियो ।

विसं २०८० मा भट्ट सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता बन्नुभयो, तर यसअघि मुख्यमन्त्री बन्ने अवसर आएन । लामो समय सङ्गठनात्मक तथा राजनीतिक भूमिकामा रहेका भट्टका लागि प्रदेशसभा प्रवेशले जनप्रतिनिधिका रूपमा नीति निर्माण र प्रदेश विकासका मुद्दामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने अवसर प्रदान ग¥यो । भट्टले आफ्नो राजनीतिक तथा संसदीय यात्रामा सुशासन, सामाजिक न्याय र वैज्ञानिक विकासको वकालत गर्दै आउनुभएको छ । उहाँले प्रदेशको आर्थिक तथा सामाजिक विकासका लागि कृषि, पर्यटन, जलस्रोत, खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि प्रतिबद्धता जाहेर गर्दै आउनुभएको थियो ।

सुदूरपश्चिमको सम्भावनालाई प्रदेशको समग्र विकाससँग जोड्नुपर्ने उहाँको सैद्धान्तिक अडान रहँदै आएको छ । लामो राजनीतिक सङ्घर्षबाट प्रदेशसभाको नेतृत्व तहसम्म आइपुगेका भट्ट आफूलाई सादगी, विकासप्रेमी र सुशासनका अभियन्ताका रूपमा प्रस्तुत गर्दै आउनुभएकामा अब त्यसलाई प्रमाणित गने जिम्मेवारी पाउनभएको छ । लामो राजनीतिक सङ्घर्षबाट प्राप्त अनुभव र लामो प्रतिक्षापछि प्राप्त मुख्यमन्त्रीको जिम्मेवारीलाई अब प्रदेशको नीति निर्माण र जनताको अपेक्षा सम्बोधनमा कसरी उपयोग गर्नुहुन्छ भन्नेमा धेरैको चासो रहेको छ । रासस