६ असार २०८३, शनिबार
,
Latest
होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका



अ+ अ-

काठमाडौँ। लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ ।

आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गरेर लुम्बिनी फाइनलमा पुगेको हो । लुम्बिनीले अब फाइनलमा मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । यो सिजनमा नयाँ टोली च्याम्पियन बन्ने पक्का छ । गत संस्करणको विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिएको थियो ।

विराटनगर तेस्रो हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । आजको खेलमा जीतका लागि पाएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर ९४ रनमा समेटियो ।

ब्याटरले  जिम्मेवारी नलिँदा खेल हार्नुपरेको सञ्चारकर्मीसँगको प्रतिक्रियामा विराटनगरका मुख्य प्रशिक्षक धमीका प्रसादले बताए । लक्ष्य सहज रहेको भए पनि ब्याटरहरुले एक सय रन पनि कटाउन नसकेको र यसको जिम्मेवारी पनि ब्याटरहरुले नै लिनुपर्ने उनको भनाइ थियो ।

लुम्बिनीलाई बढीमा १२० रनमा रोक्ने लक्ष्य रहेको भए पनि १४ रन थप जोडेको मुख्य प्रशिक्षक प्रसादले बताए । पावरप्लेदेखि नै विकेट गुमाउँदै गएका कारण आजको खेलमा हार बेहोर्नुपरेको उनको भनाइ थियो ।

फाइनल पुगेपछि लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले लिग चरणबाटै सङ्घर्ष गरेर फाइनल पुगेको बताए । लिग चरणबाटै सबै खेल जित्नैपर्ने स्थितिबाट आएको उल्लेख गर्दै उनले अब फाइनल खेल जितेर च्याम्पियन बन्ने बताए । सुदूरपश्चिम र लुम्बिनीबीच फाइनल खेल शनिबार हुनेछ । रासस