२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका



अ+ अ-

काठमाडौँ। लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ ।

आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गरेर लुम्बिनी फाइनलमा पुगेको हो । लुम्बिनीले अब फाइनलमा मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । यो सिजनमा नयाँ टोली च्याम्पियन बन्ने पक्का छ । गत संस्करणको विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिएको थियो ।

विराटनगर तेस्रो हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । आजको खेलमा जीतका लागि पाएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर ९४ रनमा समेटियो ।

ब्याटरले  जिम्मेवारी नलिँदा खेल हार्नुपरेको सञ्चारकर्मीसँगको प्रतिक्रियामा विराटनगरका मुख्य प्रशिक्षक धमीका प्रसादले बताए । लक्ष्य सहज रहेको भए पनि ब्याटरहरुले एक सय रन पनि कटाउन नसकेको र यसको जिम्मेवारी पनि ब्याटरहरुले नै लिनुपर्ने उनको भनाइ थियो ।

लुम्बिनीलाई बढीमा १२० रनमा रोक्ने लक्ष्य रहेको भए पनि १४ रन थप जोडेको मुख्य प्रशिक्षक प्रसादले बताए । पावरप्लेदेखि नै विकेट गुमाउँदै गएका कारण आजको खेलमा हार बेहोर्नुपरेको उनको भनाइ थियो ।

फाइनल पुगेपछि लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले लिग चरणबाटै सङ्घर्ष गरेर फाइनल पुगेको बताए । लिग चरणबाटै सबै खेल जित्नैपर्ने स्थितिबाट आएको उल्लेख गर्दै उनले अब फाइनल खेल जितेर च्याम्पियन बन्ने बताए । सुदूरपश्चिम र लुम्बिनीबीच फाइनल खेल शनिबार हुनेछ । रासस