२० श्रावण २०८३, बुधबार
,
Latest
धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह नेपाल–चीनबीच सांस्कृतिक सहकार्य विस्तार गर्ने सहमति, परम्परागत कला र पर्यटन प्रवर्द्धनमा जोड विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्या नियुक्त न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा सम्झौता हुँदैनः मुख्य रजिस्ट्रार पौडेल एलपीजी ग्यास आपूर्ति सहज बनाउन क्विक रेस्पोन्स टिम गठन अघि बढ्यो इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया, जायज माग मात्रै सम्बोधन गर्न… अनि हुन्छ… जमल जलमग्न धनुषामा सम्बन्धविच्छेदका घटना बढे
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनपछि मेरो नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्छः ओली



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनपछि आफू नेतृत्वको एमालेले मुलुकलाई राष्ट्रिय एकतामा बाँध्दै पुनःनिर्माण र पुनःस्थापनाको मार्गमा अघि बढ्ने दाबी गर्नुभएको छ ।

बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उहाँले सो दाबी गर्नुभएको हो । संवादमा उहाँले ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा आफूविरुद्ध कसैले उम्मेदवारी नदिउन् भन्ने आफ्नो चाहना रहेको भएपनि स्थिति त्यतातिर नगएको बताउनु भयो । उहाँले महाधिवेशनको प्रश्तावबारे शुक्रवार अन्तिम छलफल बसेर टुंगिने समेत जानकारी गराउनु भयो । अघि बढाउने प्रश्ताव सहमतिमै हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रिय पुनःजागरण, पुर्नस्थापना, राष्ट्रिय पुर्ननिर्माण र सुशासनको अभियान यी चार वटा कुराहरु गर्नुपर्नेछ । यी कुराहरु नै मैले पनि गर्ने हो । मेरो नेतृत्वमा मेरो पार्टीले यी कुराहरुकै अगुवाई गर्ने हो । एकता, पुर्नस्थापना र पुर्ननिर्माण गर्नुपर्नेछ । महाधिवेशनपछि मेरो नेतृत्वको नेकपा (एमाले)ले यो कामहरु गर्छ ।’
उहाँले पार्टीको अगामी अध्यक्ष आफैं हुने थाहा भएपनि धेरैलाई यो कुरा सह्य हुन नसकेको टिप्पणी पनि गर्नुभयो ।