११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्या नियुक्त



अ+ अ-

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्यालाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्यालाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा उक्यालाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको जानकारी दिनुभयो।

लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतका रूपमा उक्याले स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन, ठूला लगानी परियोजनाको सहजीकरण तथा लगानीसम्बन्धी नीतिगत कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।