११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीले दियो १० करोड बाढीपहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापनामा जुट्यो नेपाल टेलिकम, ६० साइट सञ्चालनमा आउन बाँकी भोटेकोशीको बाढीः रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन भोटेकोशी बाढीः कैलालीका ४० जना सम्पर्कविहीन रसुवासहित प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापना, निःशुल्क सुविधा थप तीन दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त



अ+ अ-

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. केसीलाई आयोगको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

प्रा.डा. केसी त्रिभुवन विश्वविद्यालय का निवर्तमान शिक्षाध्यक्ष हुन्। विश्वविद्यालयका उपकुलपति केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए।

त्यसैगरी, मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा.डा. रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि गरेको प्रवक्ता पोखरेलले जानकारी दिए।