३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग

धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग
अ+ अ-

काठमाडाैँ । कुनै बेला कोशी प्रदेशकै सुविधासम्पन्न धनकुटा जिल्ला अस्पताल अहिले आफैँ थलिएको छ । भौतिक पूर्वाधारसहितका समस्या झेल्नु परेपछि पछिल्लो समय अस्पतालले आमनागरिकका लागि प्रदान गर्ने सेवा प्रवाहसमेत प्रभावित हुँदै आएको छ ।

निकै पुरानो संरचना भएको अस्पताल भवन अहिले जीर्ण अवस्थामा रहेकाले पनि नागरिकलाई अपेक्षित रुपमा सेवाप्रवाह गर्न नसकेको अस्पताल प्रशासनले जनाएको छ । तथापि, बिरामीको चाप रहे तापनि त्यसलाई धान्ने भौतिक पूर्वाधार नहुँदा विभिन्न चुनौतीको सामना गर्नुपरेको अस्पतालका प्रमुख डा सन्तोष राईले जानकारी दिनुभयो । दैनिक ३०० देखि ४०० सयसम्म बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको छ त्यस अस्पतालमा हाल विशेषज्ञ चिकित्सक छ जना, मेडिकल अफिसर चार र सेन्ट्रल अफिसर दुई जना र २० जना नर्स कार्यरत हुनुहुन्छ ।

अस्पतालले पछिल्लो समयमा अस्पताले मिर्गौलारोगीका लागि डायलाइसिस सेवा पनि सुरु गरेको उहाँले जानकारी दिनुभयो । उक्त अस्पतालमा आउने बिरामीमध्ये झन्डै ७० प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा सहभागी बिरामी हुने गरेको अस्पतालले जनाएको छ । अस्पतालका प्रमुख डा राई भन्नुहुन्छ, “गुणस्तरीय र छिटो सेवा प्रदान गर्न र विशेषज्ञ जनशक्ति टिकाउन अस्पतालको निर्माणाधीन भवन छिटो सम्पन्न हुनुपर्छ ।” सरकारले धनकुटा नगरपालिका–५ मा अस्पतालका लागि रु २८ करोड लागतमा चारतले नयाँ भवन निर्माण गरिरहेको छ ।

उक्त भवनको अहिले ४० प्रतिशतमात्र काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय धनकुटाका प्रमुख रमेश खरेलले जानकारी दिनुभयो । कोशी प्रदेशसभामा त्यस अस्पतालाई शिक्षण अस्पतालका रूपमा स्तरोन्नति गरिनुपर्नेमा आवाज उठ्दै आएको छ । अस्पतालको स्तरोन्नति भएमा त्यस क्षेत्रको बसाइँसराइ केही हदसम्म रोक्न मद्दत पुग्ने कोशी प्रदेशसभा सदस्य निरन राईले बताउनुभयो । कोशी प्रदेशसभाका पूर्वसांसद लीला श्रेष्ठले सरकारले त्यस क्षेत्रका जनताको माग र आवश्यकतालाई पूरा गर्न अस्पतालाई गुणस्तरीय सेवा प्रदान गर्ने शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गरिनुपर्ने बताउनुभयो ।