२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशनपछि मेरो नेतृत्वमा एमाले राष्ट्रिय पुनर्जागरण अभियानमा अघि बढ्छः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनपछि आफू नेतृत्वको एमालेले मुलुकलाई राष्ट्रिय एकतामा बाँध्दै पुनःनिर्माण र पुनःस्थापनाको मार्गमा अघि बढ्ने दाबी गर्नुभएको छ ।

बिहीवार राजधानी काठमाडौंमा सम्पादकहरुसँगको संवादमा उहाँले सो दाबी गर्नुभएको हो । संवादमा उहाँले ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा आफूविरुद्ध कसैले उम्मेदवारी नदिउन् भन्ने आफ्नो चाहना रहेको भएपनि स्थिति त्यतातिर नगएको बताउनु भयो । उहाँले महाधिवेशनको प्रश्तावबारे शुक्रवार अन्तिम छलफल बसेर टुंगिने समेत जानकारी गराउनु भयो । अघि बढाउने प्रश्ताव सहमतिमै हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रिय पुनःजागरण, पुर्नस्थापना, राष्ट्रिय पुर्ननिर्माण र सुशासनको अभियान यी चार वटा कुराहरु गर्नुपर्नेछ । यी कुराहरु नै मैले पनि गर्ने हो । मेरो नेतृत्वमा मेरो पार्टीले यी कुराहरुकै अगुवाई गर्ने हो । एकता, पुर्नस्थापना र पुर्ननिर्माण गर्नुपर्नेछ । महाधिवेशनपछि मेरो नेतृत्वको नेकपा (एमाले)ले यो कामहरु गर्छ ।’
उहाँले पार्टीको अगामी अध्यक्ष आफैं हुने थाहा भएपनि धेरैलाई यो कुरा सह्य हुन नसकेको टिप्पणी पनि गर्नुभयो ।