२० श्रावण २०८३, बुधबार
,
Latest
वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छ: अध्यक्ष खत्री एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी सरकारको दिनगन्ती शुरु भयोः महासचिव विप्लव संसदीय कम्युनिस्ट आन्दोलनको औचित्य समाप्त, नयाँ पुनर्गठन आवश्यकः विप्लव खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन कोरियाको इपिएस प्रणालीमा जतिसुकै छानबिन गरौँ, कतैपनि लुपहोल भेटिन्नः श्रममन्त्री यादव गैह्रसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन र एमनेष्टीसहित तीन अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग गर्न संसदीय समितिको… राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल राप्रपा प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने, महाधिवेशन तयारीका लागि विभिन्न समिति गठन नेपाललाई हिन्दु राष्ट्र बनाउनु नै विद्यमान समस्याको दीर्घकालीन समाधानः अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘हामी सुन्छौँ’ अभियान श्रावण २५ गतेदेखि सुरु गर्ने रास्वपाको निर्णय



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

पार्टीका सह–महामन्त्री हरि ढकालका अनुसार केन्द्रीय समितिको २०८३ साल श्रावण १३ गतेको निर्णयअनुसार आगामी श्रावण २५ गतेदेखि पार्टीको केन्द्रीय कार्यालय ‘घण्टीघर’बाट अभियान सुरु गरिनेछ।

अभियानअन्तर्गत नागरिकका गुनासा, समस्या तथा अमूल्य सुझाव प्रत्यक्ष रूपमा सुन्ने तथा तिनको सम्बोधनका लागि आवश्यक सहजीकरण गरिने जनाइएको छ।

यसका लागि प्रत्येक दिन पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरूमध्ये दुईजनाको नियमित उपस्थिति अनिवार्य गरिएको र हरेक दिन कम्तीमा एकजना प्रतिनिधिसभा सदस्य अनिवार्य रूपमा उपस्थित रहने व्यवस्था गरिएको पार्टीले जनाएको छ।

रास्वपाले अभियानमार्फत नागरिक र पार्टीबीचको प्रत्यक्ष संवादलाई थप प्रभावकारी बनाउँदै जनताका समस्या समाधानका लागि आवश्यक पहल गर्ने अपेक्षा गरेको छ।




भर्खरै