२९ श्रावण २०८३, शुक्रबार
,
Latest
निर्णय सच्याउन बारको माग वन विज्ञानलाई विकासको आयामका रूपमा लिन उपकुलपति थापाको जोड बाबाधाम गएका तीन तीर्थयात्रीको निधन, १२ घाइते काँग्रेसलाई एकतावद्ध बनाउन देउवा र युवा पुस्ताको भुमिका अपरिहार्यः विजयकुमार गच्छदार ‘काँग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य’: डा. प्रकाशशरण महत ‘निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ’-नेता सिटौला काँग्रेसलाई एकतावद्ध बनाउन देउवाको भुमिका निर्णायकः लेखक १४ औँ महाधिवेशनको समिति पुनस्र्थापित नभएसम्म पार्टी एकता सम्भव छैनः नेता साउद शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न आँधीखोलाले बगाएका युवक मृत अवस्थामा फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११‍औं महाधिवेशनमा १६ राजनीतिक दललाई निम्तो



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आफ्नो ११‍औं महाधिवेशनका अवसरमा देशभरका १६ राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउने उद्देश्यले अतिथि सत्कार समितिले विभिन्न दलहरूलाई निम्तो पठाएको हो।

समितिकी सदस्य सुनिता बरालका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा) लगायतका दलका शीर्ष नेतृत्वलाई महाधिवेशनमा उपस्थित हुन अनुरोध गरिएको छ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका कार्यवहाक सभापति डिपी अर्याललाई समेत निम्तो पठाइएको समितिले जनाएको छ।

यससँगै एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, परिवार दल, नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी तथा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिलाई समेत महाधिवेशनमा उपस्थित हुन आमन्त्रण गरेको छ।