२३ मंसिर २०८२, मंगलवार
,
Latest
लोकतन्त्रभित्र राजतन्त्र समेटौँँ: रविन्द्र मिश्र सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट ठेक्का रुग्ण बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरुको पनि हात छः रवि सिंह प्रतिनिधिसभा विघटन र कार्की सरकार गठनविरुद्ध कांग्रेसको रिट दर्ता, पुस २ गते पेशी एमालेको ११औं महाधिवेशनमा विद्युतीय मतदान हुने सन् २०२५ रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमाः अध्ययन डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा देउवा भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसः माईतीघर मण्डलामा प्रदर्शन निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ११‍औं महाधिवेशनमा १६ राजनीतिक दललाई निम्तो



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आफ्नो ११‍औं महाधिवेशनका अवसरमा देशभरका १६ राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी गराउने उद्देश्यले अतिथि सत्कार समितिले विभिन्न दलहरूलाई निम्तो पठाएको हो।

समितिकी सदस्य सुनिता बरालका अनुसार नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मजदुर किसान पार्टी (नेमकिपा) लगायतका दलका शीर्ष नेतृत्वलाई महाधिवेशनमा उपस्थित हुन अनुरोध गरिएको छ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका कार्यवहाक सभापति डिपी अर्याललाई समेत निम्तो पठाइएको समितिले जनाएको छ।

यससँगै एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, परिवार दल, नेकपा (माले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी), नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी तथा नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिलाई समेत महाधिवेशनमा उपस्थित हुन आमन्त्रण गरेको छ।