२९ श्रावण २०८३, शुक्रबार
,
Latest
इरानी राष्ट्रपति पेजेश्कियान ब्रिक्स शिखर सम्मेलनका लागि दिल्ली आउने स्वास्थ्य क्षेत्रमाथिका १० हजार आक्रमणबारे न्यायको अभाव भएको डब्ल्यूएचओको दावी व्हाइट हाउस ‘बलरुम’ परियोजनाका लागि सर्वोच्च अदालतसँग राष्ट्रपति ट्रम्पको अनुरोध एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक नगर्न सर्वोच्चको अन्तरिम आदेश राष्ट्रियता, लोकतन्त्र र जनताको हितको लागि जुनसुकै भुमिका निर्वाह गर्न आफूलाई तयार राखेको छुः देउवा ११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ निराशालाई आशामा बदल्ने दायित्व काँग्रेसले लिनुपर्छः देउवा नेपालको राष्ट्रियता गम्भीर संकटमा छ, पार्टी एकताको विकल्प छैनः पूर्णबहादुर खड्का देशको अस्तित्व र राष्ट्रियता खतरामा रहेको डा. कोईरालाको दाबी, काँग्रेस एक ढिक्का हुनुपर्नेमा जोड नेपाली काँग्रेस विधान र मूल्यमान्यताअनुसार चल्नुपर्छः प्रकाशमान सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले उड्डयन क्षेत्रमा मानव केन्द्रित सेवाको महत्व बढ्दै गएको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले उड्डयनका क्षेत्रमा बढ्दो प्रविधिका बाबजुद मानवकेन्द्रित सेवाको महत्व बढ्दै गएको बताउनुभएको हो । उहाँले प्रविधिमा आधारित परिवर्तनलाई अझ सुदृढ बनाउन जरुरी रहेको उल्लेख गर्दै विमान केवल यात्रु बोक्ने साधन मात्र नभई नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानवकेन्द्रित सेवाको संयोजन भएको बताउनु भयो ।

उहाँले विश्वभर उडानलाई सुरक्षित, वातावरणमैत्री र यात्रुअनुकुल बनाउन नयाँ–नयाँ प्रवर्तन भइरहेका बेला एआई र आधुनिक प्रविधि पनि तिब्र गतिमा प्रवेश गरिरहेको पनि उल्लेख गर्नुभयो । यद्यपि प्रविधि बढ्दै गए पनि केबिन क्रूको भुमिकालाई कुनै मेसिनले प्रतिस्थापन गर्न नसक्ने मन्त्री सिन्हाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नागरिक उड्डयनको नवप्रवर्तनको प्रवद्र्धन भन्ने नाराका साथ आज हामी अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइरहेका छौं । त्यसैले आजको दिन हामी सबैको महत्वपूर्ण रहेको छ । आजको विमान केवल यात्रु बोकेर गन्तव्यमा पुगाउने माध्यम मात्र होइन । यो नवप्रर्तन, प्रविधि, सुरक्षा र मानवकेन्द्रित सेवाको मेलमिलाप हो । उडानहरु अझै सुरक्षित, पर्यावरणमैत्री र यात्रुअनुकुल हुनको लागि विश्वभरी नै नयाँ नयाँ प्रवर्तनहरु भइरहेका छन् । अहिले प्रविधि र एआईजडित सेवाहरु पनि आइरहेका छन् । तर केविन क्रूको भूमिकालाई मसिनले प्रतिस्थापन गर्न सक्छ । मैले निष्कर्ष निकालेको छु । सक्दैन । जुन सेवा यहाँहरुले प्रदान गरिरहनुभएको छ । त्यो सेवा मेसिनले प्रवाह गर्न सक्दैन । त्यही भएर मैले सुरु मै भने मानवकेन्द्रित सेवाले मात्रै सञ्चालन हुन्छ । यात्रु उडानको क्रममा आउने मेडिकल इमरजेन्सी अनियमित मौसम र यात्रुको मनोदशा तथा हरेक परिस्थितिमा तपाईहरुको साहस र करुणा नै तपाईहरुको पहिचान हो ।’ 

उहाँले प्रभावकारी उड्डयन सेवा प्रवाह गर्न सरोकावालाहरुलाई आग्रह पनि गर्नुभयो ।